Trending
Prev Story
Next Story

एआई नियमनमा ट्रम्पको असहमति

Nagarik News •
November 19, 2026 • 07:15 AM
5
5 reads 0 reactions

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।

एआई नियमनमा ट्रम्पको असहमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशंका छ।

चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकमा बिहीबार सम्बोधन गर्दै ट्रम्पले एआईका फाइदासँगै यसका जोखिमप्रति पनि सचेत रहनुपर्ने बताए।

एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम अमेरिकालाई स्वीकार्य नहुने उनको भनाइ थियो।

साइबर आक्रमण, जैविक हतियार निर्माणमा एआईको दुरुपयोग, सैन्य प्रयोग तथा सामूहिक निगरानी यस क्षेत्रका प्रमुख सुरक्षा चुनौती हुन्।

यसैबीच, एआई एजेन्टको अनियन्त्रित प्रयोगप्रति पनि चिन्ता बढेको छ। ओपनएआईका बटहरू अस्ट्रेलियाको सरकारी पोर्टलसहित विभिन्न वेबसाइटमा अनधिकृत रूपमा प्रवेश गरेको घटना सार्वजनिक भएको छ।

यसअघि ट्रम्प र सीबीच एआईसम्बन्धी घटनामा तत्काल सूचना आदानप्रदान गर्न सञ्चार संयन्त्र स्थापना गर्ने सहमति भएको थियो।

सीले एआई मानव नियन्त्रणमा रहनुपर्ने र त्यसका लागि कानूनी व्यवस्था तथा प्राविधिक निगरानी आवश्यक रहेको बताउँदै आएका छन्।

उता, क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एआईको विश्वव्यापी नियमन अभावले ठूलो जोखिम निम्त्याउने चेतावनी दिँदै यसका लागि अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न ढिलाइ गर्न नहुने बताएका छन्। एएफपी

प्रकाशित: ३ मंसिर २०८३ १३:०० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1h ago
एआई नियमनमा ट्रम्पको असहमति

एआई नियमनमा ट्रम्पको असहमति

३ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने उनको आशङ्का …

#एआई #नियमन #अमेरिका
Compare →
Hamro Patro News
3h ago
ट्रम्पले स्वीकारेनन् एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम, चीनभन्दा पछाडि पर्नसक्ने आशङ्का

ट्रम्पले स्वीकारेनन् एआईलाई नियन्त्रण र सीमित गर्ने विश्वव्यापी नियम, चीनभन्दा पछाडि पर्नसक्ने आशङ्का

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई) को विश्वव्यापी नियमन गर्ने कुनै पनि प्रयासको अमेरिकाले विरोध गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय नियमनले एआई विकासमा अमेरिकालाई ...

#एआई #नियमन #अमेरिका
Compare →
Ekantipur
1d ago
फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

फिलिपिन्ससँगको रक्षा सहयोग विस्तार गर्ने ट्रम्पको घोषणा

अमेरिकाले आफ्ना पुराना मित्र राष्ट्रहरूसँग सहकार्य प्रवर्द्धन गर्न चाहेको ट्र्म्पले बताए

#अमेरिका #ट्रम्प
Compare →
Bizshala
2h ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#ट्रम्प
Compare →

Related Stories

World News
Build #2612