Trending
Prev Story
Next Story

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : मन्त्री खनाल

Nagarik News •
November 19, 2026 • 07:06 AM
5
5 reads 0 reactions

हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्नसक्ने कूटनीतिज्ञ आवश्यक रहेको मन्त्री खनालको भनाइ छ।

नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक क्षमतामा आधारित हुनुपर्छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालको राष्ट्रिय हितको संरक्षण र प्रभावकारी अन्तरराष्ट्रिय प्रतिनिधित्वका लागि नयाँ पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक सोच, अनुकूलनशीलता, सहकार्य र निरन्तर सिक्ने क्षमता विकास गर्नुपर्ने बताएका छन्।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)द्वारा आयोजित ‘विश्वव्यापी प्रवृत्ति, स्थानीय दिशाः नेपालको भावी पुस्ताको कूटनीति’ विषयक सेमिनारको उद्घाटन समारोहमा उनले प्रभावकारी कूटनीतिको सुरुआत आफ्नो देश, समाज, संस्कृति, सबल पक्ष र सीमिततालाई गहिरोसँग बुझ्नबाट हुने बताए।

परराष्ट्रमन्त्री खनालले भने, ‘आफू, आफ्नो समुदाय र आफ्नो देशलाई राम्ररी नबुझीकन विश्वसामु मुलुकको प्रभावकारी प्रतिनिधित्व गर्न सकिँदैन।’

नेपाल प्राचीन सभ्यताको सङ्गमस्थल भएको उल्लेख गर्दै उनले नेपालको सांस्कृतिक, प्राकृतिक तथा दार्शनिक पहिचानलाई अन्तरराष्ट्रिय मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

हिमाल, पहाड र तराईका समुदाय, किसान, उद्यमी, युवा तथा श्रमिकका आकाङ्क्षा र अपेक्षालाई बुझ्नसक्ने कूटनीतिज्ञ आवश्यक रहेको मन्त्री खनालको भनाइ छ।

उनले प्रमाणमा आधारित विश्लेषण र समस्या समाधान गर्ने आलोचनात्मक सोच, सङ्कटअनुसार तत्काल अनुकूल हुनसक्ने क्षमता, विभिन्न संस्कृति र समुदायका सरोकार बुझ्ने सहानुभूति, विभिन्न क्षेत्र र संस्थाबीच सहकार्य गर्नसक्ने क्षमता तथा जीवनभर सिकिरहने स्वाध्याय कूटनीतिका लागि आवश्यक रहेको उल्लेख गरे।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्वमा नयाँ ज्ञान र सीप हासिल गर्न नसक्ने व्यक्ति तथा संस्था पछाडि पर्ने उल्लेख गर्दै मन्त्री खनालले अङ्गे्रजी, चिनियाँ र अरबीजस्ता विश्व भाषासँगै नयाँ विषय र विधामा दक्षता हासिल गर्न युवा कूटनीतिज्ञलाई आग्रह गरे।

भगवद्गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने सन्देश उल्लेख गर्दै परराष्ट्रमन्त्री खनालले कूटनीति र राष्ट्र निर्माणमा आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताए।

युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा पेसाकर्मीलाई सरकार, अनुसन्धान र पैरवीका विभिन्न क्षेत्रमा रहेर पनि नेपालको कूटनीतिक समुदायको अभिन्न अङ्गका रूपमा सक्रिय योगदान गर्न उनले आह्वान गरे।

कार्यक्रममा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले अन्तरराष्ट्रिय सम्बन्धमा प्रविधि, जलवायु परिवर्तन, आर्थिक अन्तरनिर्भरता, आप्रवासन, ऊर्जा रूपान्तरण तथा बदलिँदो भू–राजनीतिक समीकरणले नयाँ चुनौती र अवसर सिर्जना गरेको बताए।

उनले विश्वव्यापी परिवर्तनलाई समयमै बुझेर नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिको प्राथमिकतासँग जोड्न युवा कूटनीतिज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए।

उनका अनुसार कूटनीति अब राज्य र परम्परागत कूटनीतिक संस्थामा मात्र सीमित नरही व्यक्ति, संस्था, सञ्जाल तथा गैरराज्य पक्षको भूमिकासमेत महत्त्वपूर्ण बन्दै गएको छ।

आज दिनभर सञ्चालन हुने सेमिनारमा प्रविधि, डिजिटल रूपान्तरण र कूटनीतिको भविष्य, जलवायु, ऊर्जा र बदलिँदो विश्व व्यवस्थामा नेपालको स्थान तथा आप्रवासन, आवागमन र नेपालको विश्वव्यापी सहभागिताबारे विषयगत सत्रमा समूहगत छलफल गरिनेछ।

प्रतिष्ठानले विश्वविद्यालयका विद्यार्थी, युवा कूटनीतिज्ञ, सरकारी कर्मचारी, अनुसन्धानकर्ता तथा युवा पेसाकर्मीबीच विचार आदानप्रदान र नीतिगत संवादको अवसर सिर्जना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा निर्वाचन आयोग नेपालका निर्वाचन आयुक्त राजीव सुब्बा, परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्रका व्यक्तित्व तथा युवा पेसाकर्मीको सहभागिता थियो।

प्रकाशित: ३ मंसिर २०८३ १२:५१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नयाँ पुस्ताका कूटनीतिज्ञलाई एआई, आलोचनात्मक सोच र सहकार्यमा दक्ष बनाउँदै राष्ट्रिय पहिचान र हितअनुकूल अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्नुपर्ने परराष्ट्रमन्त्री शिशिर खनालको भनाइ थियो ।

#खनाल #पुस्ता #कूटनीति
Compare →
Onlinekhabar
28m ago
एमालेको ध्यानाकर्षण- प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ

एमालेको ध्यानाकर्षण- प्रधानमन्त्रीको भारत भ्रमण राष्ट्रिय हितमा केन्द्रित हुनुपर्छ

३ मंसिर, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय भेलाबाट प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण राष्ट्रिय हितमा केन्द्रीत हुनुपर्ने बताएको छ । बिहीबार भेलापछि भेलामा पारित समसायिक प्रस्ताव सार्वजनिक गर्दै एमालेका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख निरज …

#हित #हुनुपर्छ
Compare →
Bizshala
1d ago
धितोपत्र बोर्डको नियमन क्षमता बढाउन टोरोन्टो सेन्टरसँग छलफल, जोखिममा आधारित सुपरिवेक्षणमा जोड

धितोपत्र बोर्डको नियमन क्षमता बढाउन टोरोन्टो सेन्टरसँग छलफल, जोखिममा आधारित सुपरिवेक्षणमा जोड

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय तथा सुपरिवेक्षकीय क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय संस्था...

#क्षमता #आधारित
Compare →
Hamro Patro News
1d ago
भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

भारतीय पूर्वसीडीएस चौहानले भने– नेपालको सार्वभौमिकताप्रति संवेदनशीलतामा आधारित सम्बन्ध हुनुपर्छ

१ मंसिर, काठमाडौं । भारतका पूर्व चिफ अफ डिफेन्स स्टाफ तथा विवेकानन्द फाउन्डेसनका निर्देशक जनरल अनिल चौहानले नेपाल–भारत सम्बन्ध समानता, आपसी सम्मान र नेपालको स्वतन्त्र पहिचान तथा सार्वभौमिकताप्रति स...

#आधारित #हुनुपर्छ
Compare →

Related Stories

Politics & Governance
Build #2612