Trending
Prev Story
Next Story

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

Nagarik News •
November 19, 2026 • 09:36 AM
3
3 reads 0 reactions

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्छ : मन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित, राष्ट्रिय सम्पदा र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘ग्लोबल करेन्ट्स, लोकल कम्पास :नेपालको आगामी पुस्ताको कूटनीति’ विषयक सेमिनारलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले तीव्र गतिमा परिवर्तन भइरहेको विश्व परिवेशमा नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर कूटनीतिक अभ्यास अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

परराष्ट्रमन्त्री खनालले परम्परागत रूपमा सीमित कूटनीतिलाई विस्तार गर्दै नागरिक समाज, निजी क्षेत्र, नवप्रवर्तक तथा विभिन्न विषयका विज्ञ र ज्ञान समुदायलाई समेट्ने सहकार्यमा आधारित कूटनीतिक अभ्यास अवलम्बन गर्नुपर्ने बताए ।

नयाँ पुस्ताका कूटनीतिज्ञलाई प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी ज्ञान तथा सीपले सुसज्जित बनाउनुपर्ने उल्लेख गर्दै उनले एआईको सुशासन, साइबर सुरक्षा र तथ्याङ्कको सार्वभौमिकतालाई राष्ट्रिय सुरक्षाका प्रमुख प्राथमिकताका रूपमा लिनुपर्ने धारणा राखे ।

त्यसैगरी, जलवायु न्याय र स्वच्छ ऊर्जाको प्रवद्र्धन नेपालको कूटनीतिक प्राथमिकतामा रहनुपर्ने उनको भनाइ थियो । हिमालय क्षेत्रलाई विश्वको ‘तेस्रो ध्रुव’ का रूपमा संरक्षण गर्न वैज्ञानिक तथ्य र नैतिक पैरवीलाई एकसाथ अघि बढाउनुपर्ने तथा नेपालको स्वच्छ जलविद्युत् ऊर्जामार्फत क्षेत्रीय कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान पु¥याउन सकिने उनले बताए ।

वैदेशिक रोजगारी र मानव आवागमनलाई नेपालको कूटनीतिको अर्को महत्त्वपूर्ण आयामका रूपमा प्रस्तुत गर्दै मन्त्री खनालले विदेशमा रहेका नेपाली श्रमिकको अधिकार र मर्यादाको संरक्षणमा मात्र सीमित नभई सीपमा आधारित साझेदारी तथा विश्वभर रहेका नेपाली समुदायको लगानी परिचालनका लागि संस्थागत र स्वदेशकै स्वामित्वमा रहने संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए ।

मन्त्री खनालले आगामी पुस्ताका कूटनीतिज्ञमा आलोचनात्मक चिन्तन, परिस्थितिअनुसार अनुकूलन हुनसक्ने क्षमता, सहानुभूति, सहकार्य र जीवनपर्यन्त सिकाइलाई मुख्य सीपका रूपमा विकास गर्नुपर्ने बताउनुभएको खनालको निजी सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले नेपालले बदलिँदो विश्व व्यवस्थामा आफ्नो राष्ट्रिय हित र पहिचानलाई केन्द्रमा राख्दै रणनीतिक स्पष्टता, संस्थागत क्षमता र अन्तर्राष्ट्रिय सञ्जालको प्रभावकारी परिचालनमार्फत कूटनीतिक उपस्थिति बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित: ३ मंसिर २०८३ १५:२१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नेपालको नयाँ पुस्ताको कूटनीति राष्ट्रिय हित र रणनीतिक स्पष्टतामा आधारित हुनुपर्छ : परराष्ट्रमन्त्री खनाल

नयाँ पुस्ताका कूटनीतिज्ञलाई एआई, आलोचनात्मक सोच र सहकार्यमा दक्ष बनाउँदै राष्ट्रिय पहिचान र हितअनुकूल अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गर्नुपर्ने परराष्ट्रमन्त्री शिशिर खनालको भनाइ थियो ।

#खनाल #परराष्ट्रमन्त्री #पुस्ता
Compare →
Onlinekhabar
27m ago
तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

तातोपानी नाका तत्काल खुलाउन चिनियाँ राजदूतसँग परराष्ट्रमन्त्री खनालले गरे ध्यानाकर्षण

३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङ माओमिङले गरेको शिष्टाचार गरेका थिए । सो अवसरमा परराष्ट्रमन्त्री खनालले तातोपानी …

#खनाल #परराष्ट्रमन्त्री
Compare →
Bizshala
1d ago
रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

रसुवागढी बन्द हुँदा चीनसँगको व्यापार प्रभावित, तातोपानी नाका तत्काल खोल्न परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन व्यापार तथा पारवहन सहज बनाउन तातोपानी नाका तत्काल सञ्चालनमा...

#खनाल #परराष्ट्रमन्त्री
Compare →
Hamro Patro News
3d ago
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्। भेटका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका...

#खनाल #परराष्ट्रमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612