अमेरिकाले आफ्ना पुराना मित्र राष्ट्रहरूसँग सहकार्य प्रवर्द्धन गर्न चाहेको ट्र्म्पले बताए
मनिला — एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिलिपिन्ससँगको रक्षा सहयोग थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् । मनिलामा फिलिपिन्सका राष्ट्रपति फर्डिडान्ड मार्कोस जुनियरसँगको भेटघाटमा ट्रम्पले यस क्षेत्रको सुरक्षाका लागि अमेरिका र फिलिपिन्सबीचको सम्बन्ध अति महत्वपूर्ण रहेको बताएका छन्।
दक्षिण चीन सागरमा चीनसँग बढ्दो तनावबीच मार्कोसले अमेरिकी सुरक्षा प्रतिबद्धतामाथि विशेष जोड दिने अपेक्षा गरिएको छ। सो अवसरमा ट्रम्पले अमेरिकाले फिलिपिन्सलाई हतियार खरिदका लागि ऐतिहासिक सैन्य सहयोग बढाएको जानकारी दिए । अमेरिकाले आफ्ना पुराना मित्र राष्ट्रहरूसँग सहकार्य प्रवर्द्धन गर्न चाहेको पनि उनले बताएका छन् ।