चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय वार्तापछि ट्रम्पले किमसँग भेट्न चाहेका हुन् । यद्यपि, उत्तर कोरियाले भेटबारे औपचारिक रुपमा केही पनि बताएको छैन
मनिला — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट गर्ने इच्छा व्यक्त गरेका छन् । फिलिपिन्सको मनिलामा पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका छन् ।
एसिया भ्रमणमा निस्किनुअघि नै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई यस्तो भेटको प्रबन्ध मिलाउन आग्रह गरिएको उनले बताए । किम आउने-नआउने विषय चीनको पहलमा निर्भर गर्ने उनले बताए ।
चीनको सेन्जेनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने उच्चस्तरीय वार्तापछि ट्रम्पले किमसँग भेट्न चाहेका हुन् । यद्यपि, उत्तर कोरियाले भेटबारे औपचारिक रुपमा केही पनि बताएको छैन ।
पश्चिम र एसियाली कूटनीतिमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। ट्रम्पले आफ्नो पहिलो कार्यकालमा किमसँग शिखर वार्ता गर्दै उत्तर कोरियालाई आणविक निसस्त्रीकरणको बाटोमा लैजाने प्रयास गरेका थिए । तर, उक्त प्रयास परिणाममुखी बन्न सकेन ।
उत्तर कोरियामाथि पश्चिमा मुलुकहरुले थोपरेको नाकाबन्दी खोल्ने र त्यसको बदलामा उत्तर कोरियाले पनि आणविक हतियारको महत्वाकांक्षा त्याग्ने विषयमा त्यसबेला छलफल भएको थियो ।