Trending
Prev Story
Next Story

१.५ ट्रिलियन डलर मूल्याङ्कनसहित सेयर बजारमा प्रवेश गर्दै एन्थ्रोपिक

Ekantipur •
November 20, 2026 • 06:03 AM
4
4 reads 0 reactions

क्लड च्याटबट निर्माता एन्थ्रोपिकले नोभेम्बर १९ मा नास्डाकमा प्रतिकित्ता ८३ डलर मूल्यसहित आईपीओ ल्याउँदै छ ।

१.५ ट्रिलियन डलर मूल्याङ्कनसहित सेयर बजारमा प्रवेश गर्दै एन्थ्रोपिक

क्लड च्याटबट निर्माता एन्थ्रोपिकले नोभेम्बर १९ मा नास्डाकमा प्रतिकित्ता ८३ डलर मूल्यसहित आईपीओ ल्याउँदै छ ।

काठमाडौँ — सूचना प्रविधि क्षेत्रको चर्चित अमेरिकी कम्पनी ‘एन्थ्रोपिक’ सेयर बजारमा सूचीकृत हुने पहिलो एआई कम्पनी बन्ने भएको छ। बीबीसीका अनुसार पाँच वर्षअघि स्थापना भएको यो कम्पनी १.५ ट्रिलियन अमेरिकी डलर मूल्यांकनसहित नोभेम्बर १९ (नेपाली समयअनुसार बिहिबार राती) सेयर बजारमा प्रवेश गर्न लागेको हो ।

‘क्लड’ च्याटबट निर्माता एन्थ्रोपिक न्युयोर्कस्थित नास्डाक सेयर बजारमा सूचीकृत हुँदा प्रतिसेयर मूल्य ८३ डलर तोकिएको छ । अमेरिकी सेयर बजारमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने पूर्ण रूपमा एआईमा केन्द्रित पहिलो अमेरिकी कम्पनी बनेको छ । पूँजी बजारमा यसको टिकेट नाम ‘एएनटी’ रहनेछ ।

क्यानाकोर्ड वेल्थकी विश्लेषक लिह ब्रामवेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार संस्थागत र खुद्रा दुवै थरीका लगानीकर्ताबाट सेयरमा बलियो समर्थन देखिएको छ । यो आईपीओमार्फत एन्थ्रोपिकले लगानीकर्ताबाट ६८ अर्ब डलरभन्दा बढी र एनभिडियाजस्ता प्रविधि कम्पनीबाट थप २६ अर्ब डलर पुँजी संकलन गर्नेछ ।

काउन्टरपोइन्ट रिसर्चका मुख्य वित्तीय विश्लेषक याङ वाङले बीबीसीसँग कुरा गर्दै कम्पनीले आगामी दिनमा वित्तीय दायित्व पूरा गर्दै व्यापार बढाउनु मुख्य चुनौती रहेको बताएका छन् । एआई उद्योगमा अत्यधिक खर्च हुने भएकाले बजारको उतारचढावबीच कम्पनीले सार्वजनिक बजारबाट पुँजी जुटाउन खोजेको हो । अमेरिकी केन्द्रीय बैंकले पनि एआई क्षेत्रमा बढ्दै गएको अपारदर्शी ऋणप्रति चासो व्यक्त गरेको छ ।

एन्थ्रोपिकका मुख्य कार्यकारी डारियो अमोडेईसहित ओपनएआईका पूर्व सात कर्मचारीले सन् २०२१ मा यो कम्पनी स्थापना गरेका थिए । अमोडेईले एआई प्रविधिको अनियन्त्रित विकासले मानव अस्तित्वमै जोखिम ल्याउन सक्ने भन्दै कडा सुरक्षात्मक मापदण्डको वकालत गर्दै आएका छन् । यस विषमा उनले दुई महिनाअघि लेखेको ब्लग निकै चर्चित बन्यो ।

-अन्तराष्ट्रिय समाचार संस्थाको सहयोगमा ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

सेयर बजारमा एन्थ्रोपिकको ऐतिहासिक प्रवेश, मूल्याङ्कन १.७६ ट्रिलियन डलर

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिक अमेरिकी सेयर बजार नास्डाकमा सूचीकृत भएसँगै विश्वकै मूल्यवान्...

#शेयर-बजार #डलर #एन्थ्रोपिक
Compare →
Onlinekhabar
1d ago
एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठूलो ८१.३ अर्ब डलरको आईपीओ

३ मंसिर, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको दिग्गज कम्पनी एन्थ्रोपिकले सर्वसाधारणका लागि सेयर निष्कासन (आईपीओ) मार्फत ८१.३ अर्ब डलर संकलन गर्दै विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान कायम गरेको छ। यससँगै एन्थ्रोपिकले गत जुन महिनामा …

#डलर #एन्थ्रोपिक
Compare →
Hamro Patro News
26m ago
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट, ९ दिनमा प्रतिऔंस ५८० डलर घट्यो

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट, ९ दिनमा प्रतिऔंस ५८० डलर घट्यो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ । २०२६ को नोभेम्बर ९ मा ४ हजार १४० डलर प्रति औंसमा कारोबार भन्द भएको सुनको भाउ अहिले ३ हजार ५६० डलरमा कारोबार हुँदैछ । ९ क...

#डलर #बजारमा
Compare →
Nagarik News
2h ago
११४.७५ अर्ब डलरको जलवायु कार्ययोजना: ८५ प्रतिशत बढी रकम अन्तर्राष्ट्रिय सहयोगमा निर्भर

११४.७५ अर्ब डलरको जलवायु कार्ययोजना: ८५ प्रतिशत बढी रकम अन्तर्राष्ट्रिय सहयोगमा निर्भर

जलवायु परिवर्तनसम्बन्धी आफ्ना प्रतिबद्धतालाई कार्यान्वन गर्न सरकारले आगामी एक दशकका लागि ११४ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको कार्ययोजना स्वीकृत गरेको छ।

#डलर
Compare →
Arthasansar
2d ago
मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

मुक्तिनाथ म्युचुअल फण्ड २ नेप्सेमा सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ‘मुक्तिनाथ म्युचुअल फण्ड २’ का सेयर सूचीकृत भएको छ । आज मङ्सिर १ गते...

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

Technology
Build #2612