काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकन डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइनसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरोसहित केही मुद्रा भने महँगिएका छन्।
राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर १ को खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा छ। हिजो अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा थियो।
त्यसैगरी युरो १ को खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा छ। हिजो युरो १ को खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ २१ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ४८२ रुपैयाँ १० पैसा र बिक्रीदर ४८४ रुपैयाँ ०५ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ९८ पैसा थियो।
त्यसैगरी आज बहराइन दिनार १ को खरिददर ३९४ रुपैयाँ ८८ पैसा बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ५२ पैसा बिक्रीदर ३९७ रुपैयाँ ११ पैसा थियो।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४० पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४ रुपैयाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ४९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।