Trending
Prev Story
Next Story

डलरको भाउ घट्यो, युरो, पाउन्ड र स्वीस फ्र्यांकको बढ्यो

Onlinekhabar •
November 20, 2026 • 12:01 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ भने बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर …

डलरको भाउ घट्यो, युरो, पाउन्ड र स्वीस फ्र्यांकको बढ्यो

४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ भने बढेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा थियो ।

आज युरोपियन युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४१ पैसा थियो ।

आज युके पाउन्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा छ । हिजो युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३२ पैसा थियो ।

स्वीस फ्र्यांकको भाउ पनि आज बढेको छ । आज स्वीस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । हिजो स्विस फ्र्यांक एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९३ पैसा थियो ।

अष्ट्रेलियन डलरको भाउ भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ४० पैसा र बिक्रीदर १०० रुपैयाँ ८० पैसा थियो ।

क्यानेडियन डलरको भाउ हिजोको तुलनामा आज घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ २२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६४ पैसा थियो ।

सिंगापुर डलरको भाउ पनि आज घटेको छ । आज सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११६ रुपैयाँ तोकिएको छ । हिजो सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११६ रुपैयाँ १८ पैसा तोकिएको थियो ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४३ पैसा छ ।

यसैगरी साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार आज थाई भाट एकको खरिददर चार रुपैयाँ ४० पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा छ ।

साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा छ ।

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४ रुपैयाँ ७४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा छ ।

कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ १० पैसा र बिक्रीदर ४८४ रुपैयाँ ०५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ८८ पैसा बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा छ ।

आज ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ४९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
3d ago
डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

डलर, युरो र पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (मंगलरबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकन...

#पैसा #डलर #युरो
Compare →
Ekantipur
1d ago
१० महिनामै तोलामा ७८ हजारले घट्यो सुनको मूल्य

१० महिनामै तोलामा ७८ हजारले घट्यो सुनको मूल्य

डलरको भाउ, राजनीतिक द्वन्द्व, अमेरिकी ब्याजदरलगायत कारण नफेरिए मूल्य अझै घट्ने व्यवसायीको अनुमान छ ।

#भाउ #डलर #अमेरिकी
Compare →
Hamro Patro News
2h ago
आज डलर, युरो र खाडीका मुद्राको भाउ कति ?

आज डलर, युरो र खाडीका मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । यु...

#पैसा #डलर #भाउ
Compare →
Nagarik News
1d ago
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ।

#डलर
Compare →

Related Stories

World News
Build #2612