Trending
Prev Story
Next Story

जेन्सन हुआङको विवादबीच एनभिडियाले पैसा छाप्यो, पहिलो पटक राजस्व १०० अर्ब डलर पार

Bizshala •
November 19, 2026 • 02:04 PM
3
3 reads 0 reactions

काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्नो त्रैमासिक नतिजाले बजारको अपेक्षा तोडेको छ। अक्टोबरमा सकिएको...

जेन्सन हुआङको विवादबीच एनभिडियाले पैसा छाप्यो, पहिलो पटक राजस्व १०० अर्ब डलर पार

काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्नो त्रैमासिक नतिजाले बजारको अपेक्षा तोडेको छ।

अक्टोबरमा सकिएको त्रैमासमा कम्पनीको राजस्व पहिलो पटक १०० अर्ब डलर पार गर्दै ११५.८ अर्ब डलर पुगेको छ भने नाफा ६५.३ अर्ब डलर रहेको छ। दुवै आंकडा वाल स्ट्रिटको अनुमानभन्दा राम्रो छ।

यस नतिजापछि अमेरिकी शेयर बजारमा एनभिडियाको शेयर करिब ४ प्रतिशत बढेको थियो।यी नतिजा त्यस्तो समयमा आएका छन् जब कम्पनी नेतृत्व परिवर्तन र पूर्व सीईओ जेन्सन हुआङसँग जोडिएका विवादहरूको सामना गरिरहेको छ। एनभिडियाले चालू त्रैमासमा करिब १३० अर्ब डलर राजस्वको अनुमान पनि दिएको छ। यसले एआई चिपको माग अझै बलियो रहेको संकेत गर्छ। कम्पनीको मुख्य व्यवसाय कृत्रिम बुद्धिमत्ताका लागि चिप उत्पादन हो।

गत वर्षको सोही अवधिको तुलनामा बिक्री दोब्बरभन्दा बढी भएको छ। बजारका विज्ञहरूले यति बलियो नतिजाको अपेक्षा गरेका थिएनन्। अन्तरिम सीईओ कोलेट क्रेसले लगानीकर्तासँग कुरा गर्दै भनेकी छन् कि एनभिडियाका चिपको माग निरन्तर बढिरहेको छ र कम्पनीले आपूर्ति पनि बढाइरहेको छ। उनले ग्राहक, साझेदार र कर्मचारी कम्पनीसँगै रहेको विश्वास जनाएकी छन्।

कम्पनीले आगामी आर्थिक वर्षमा राजस्व ७५ प्रतिशत बढ्ने आशा पनि व्यक्त गरेको छ। यो अनुमान अगस्टमा दिएको अनुमानभन्दा ५ प्रतिशत बढी हो। ग्रस प्रॉफिट मार्जिन ७० प्रतिशतभन्दा माथि रहने अपेक्षा गरिएको छ। एआई चिपको बढ्दो मागलाई यस मजबूतीको मुख्य कारण मानिएको छ।

एनभिडियाका सह-संस्थापक तथा पूर्व सीईओ जेन्सन हुआङले पद छाडेपछि नेतृत्वबारे चर्चा चुलिएको छ। हुआङले सार्वजनिक रूपमा भनेका थिए कि यदि बोर्डले फर्कन भन्यो भने उनी सीईओको जिम्मेवारी लिन तयार छन्। तर बोर्ड अध्यक्ष हार्वे सी. जोन्सले स्पष्ट पारेका छन् कि हालसम्म उनलाई फर्काउने कुनै योजना छैन। बोर्डले उनको राजीनामा सर्वसम्मतिले स्वीकार गरेको थियो।

न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार, जेन्सन हुआङले कम्पनीको आचारसंहिता उल्लङ्घनसँग जोडिएका निजी विवादपछि राजीनामा दिएका थिए। रिपोर्टमा उनको दुई अतिरिक्त वैवाहिक सम्बन्धको उल्लेख छ, जसमा एक चिनियाँ व्यवसायी एलिस हुआङसँग जोडिएको विषय पनि समावेश छ। अमेरिकी एजेन्सीहरूले एलिसमाथि चीनका लागि जासूसी गरेको शंका गरेका छन्। एनभिडियाले यस विषयको स्वतन्त्र जाँच गराइरहेको छ। हाल मुख्य वित्तीय अधिकृत कोलेट क्रेस अन्तरिम सीईओको जिम्मेवारी सम्हालिरहेकी छन्। कम्पनीले स्थायी सीईओ खोज्न सर्च फर्म पनि नियुक्त गरेको छ।

एनभिडियाले चीनलाई आफ्नो एच२०० एआई चिपको आपूर्ति रोक्ने निर्णय गरेको छ। जेन्सन हुआङले यी चिप चीनमा बिक्री गर्न अनुमति लिन महिनौं प्रयास गरेका थिए। यसका लागि अमेरिकी सरकारलाई चीनमा हुने बिक्रीको २५ प्रतिशत हिस्सा दिने सम्झौता पनि भएको थियो। तर चीनले यी चिप किन्न खासै रुचि देखाएको थिएन। अक्टोबरमा सकिएको त्रैमासमा एनभिडियाले चीनलाई करिब २.४ अर्ब डलरको चिप बेचेको थियो, जुन कुल राजस्वको सानो हिस्सा मात्र हो।

एनभिडियाका बलियो नतिजाले एआई क्षेत्रमा माग कमजोर हुने आशंकालाई अहिले राहत दिएको छ। बिक्री र नाफामा देखिएको तीव्र वृद्धिले एआई चिपको आवश्यकता अझै उच्च रहेको देखाउँछ। तर जेन्सन हुआङको बहिर्गमन, चीनलाई आपूर्ति बन्द हुनु र अमेरिकाका नयाँ प्रतिबन्धहरूको दीर्घकालीन असर कस्तो पर्छ भन्ने कुरा अब हेर्न बाँकी छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

जेन्सन हुआङलाई एनभिडियाको प्रमुख पद फिर्ता दिइए मलाई आपत्ति छैन : राष्ट्रपति ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप निर्माता कम्पनी एनभिडियाका पूर्वप्रमुख (सिइओ) जेन्सन हुआङलाई उनको पद फिर्ता दिइए त्यसमा आफ्नो कुनै आपत्ति नरहने बताएका छन् । ह्वाइट हाउसबाट ब...

#एनभिडिया #जेन्सन #हुआङ
Compare →
Onlinekhabar
1d ago
भारतमा अमेजनको सात अर्ब डलर लगानी

भारतमा अमेजनको सात अर्ब डलर लगानी

२ मङ्सिर, नयाँदिल्ली (रासस/एएफपी)। अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब नौ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ । यस लगानीबाट भारतमा …

#डलर #अमेरिकी
Compare →
Nagarik News
1d ago
एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किने विषयमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन्।

#एनभिडिया #हुआङ
Compare →
Ekantipur
21h ago
१० महिनामै तोलामा ७८ हजारले घट्यो सुनको मूल्य

१० महिनामै तोलामा ७८ हजारले घट्यो सुनको मूल्य

डलरको भाउ, राजनीतिक द्वन्द्व, अमेरिकी ब्याजदरलगायत कारण नफेरिए मूल्य अझै घट्ने व्यवसायीको अनुमान छ ।

#डलर #अमेरिकी
Compare →

Related Stories

Business & Economy
Build #2612