Trending
Prev Story
Next Story

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

Bizshala •
November 19, 2026 • 06:05 AM
2
2 reads 0 reactions

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। उक्त महिनाका लागि तोकिएको १७ अर्ब ६४ करोड रुपैयाँको लक्ष्यभन्दा यो १५ करोड रुपैयाँ बढी हो।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार कार्यालयले भदौदेखि लगातार मासिक लक्ष्यभन्दा बढी राजस्व उठाउँदै आएको छ। भदौ र असोजपछि कात्तिकमा पनि लक्ष्य नाघेसँगै लगातार तीन महिना राजस्व संकलन लक्ष्यभन्दा माथि पुगेको हो।

कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न र फलामलगायत वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

यसअघि असोजमा कार्यालयले २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व उठाएको थियो।

कार्यालयले चालु आर्थिक वर्षका लागि निर्धारित वार्षिक राजस्व लक्ष्यको करिब ३० प्रतिशत संकलन गरिसकेको मैनालीले जानकारी दिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5h ago
वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

वीरगञ्ज भन्सारको राजस्व संकलन लक्ष्यभन्दा बढी

३ मंसिर, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । सो महिनामा १७ अर्ब …

#राजस्व #संकलन #भन्सार
Compare →
Ekantipur
23h ago
तीन महिनादेखि वीरगन्ज भन्सारको राजस्व लक्ष्य पूरा

तीन महिनादेखि वीरगन्ज भन्सारको राजस्व लक्ष्य पूरा

भदौदेखि निरन्तर लक्ष्य पार गर्दै आएको कार्यालयले कात्तिकमा पनि अपेक्षाभन्दा बढी राजस्व उठाएर सुधारको गति कायम राखेको छ।

#राजस्व #भन्सार #कात्तिक
Compare →
Hamro Patro News
1d ago
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

काठमाडौं- दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०...

#राजस्व #संकलन #भन्सार
Compare →
Nagarik News
1d ago
दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।

#राजस्व #भन्सार
Compare →
Arthasansar
2d ago
बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज मंगलबार २ खर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र...

#संकलन
Compare →

Related Stories

Business & Economy
Build #2612