Trending
Prev Story
Next Story

दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

Nagarik News •
November 17, 2026 • 06:48 AM
3
3 reads 0 reactions

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।

दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।

भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म रु ४४ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ४१ लाख मात्रै सङ्कलन भएको छ।

नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो।

कार्यालयका अनुसार साउनमा रु १३ लाखको लक्ष्य राखिएकोमा रु ११ लाख, भदौमा रु १४ लाख ८९ हजारको लक्ष्य रहेकामा रु आठ लाख ४० हजार र असोजमा रु १६ लाखको लक्ष्य रहेकोमा रु आठ लाख ५१ हजार मात्र राजस्व उठेको थियो।

कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट रु १३ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उनले बताए।

उनले भने, ‘सामान ल्याउने थोरै मात्रै छन्। नजिकैका नागरिकले मात्र सामान ल्याउँछन्। व्यापारीले यहाँबाट सामान ल्याउँदैनन्।’

कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक रु ६०० र मोटरसाइकलबाट रु २०० राजस्व लिने गरिएको छ।

कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ।

प्रमुख विष्टले भने, ‘यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो।’ दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ।

पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ।

नेपाल भारत सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको सङ्ख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ।

प्रकाशित: १ मंसिर २०८३ १२:३३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
18m ago
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

काठमाडौं- दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०...

#लक्ष्य #राजस्व #भन्सार
Compare →
Bizshala
3h ago
नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने संस्थागत तथा व्यक्तिगत करदाताको संख्या ८० लाख नाघेको छ ।राष्ट्रिय कर...

#राजस्व
Compare →
Onlinekhabar
1d ago
दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

३० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले …

#दाङ
Compare →
Ekantipur
2d ago
दाङमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जना पक्राउ

दाङमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।

#दाङ
Compare →
Arthasansar
1w ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →

Related Stories

Business & Economy
Build #2612