Trending
Prev Story
Next Story

सार्वजनिक बिदामा पनि खुले राजस्व कार्यालय

Nagarik News •
November 17, 2026 • 04:40 AM
3
3 reads 0 reactions

कात्तिक मसान्तमा आय विवरण दाखिला, कर बक्यौता फरफारक र आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले आन्तरिक राजस्व विभागले कार्यालय खुला राख्ने व्यवस्था गरेको हो।

सार्वजनिक बिदामा पनि खुले राजस्व कार्यालय

सरकारले सार्वजनिक बिदाका दिन सोमबार पनि देशभरका राजस्व कार्यालय खुला राखेर करदातालाई सेवा दिएको छ।

कात्तिक मसान्तमा आय विवरण दाखिला, कर बक्यौता फरफारक र आर्थिक ऐनले प्रदान गरेका छुट तथा सुविधा उपयोग गर्ने अन्तिम दिन भएकाले आन्तरिक राजस्व विभागले कार्यालय खुला राख्ने व्यवस्था गरेको हो।

विभागले ललितपुरस्थित ठूला करदाता कार्यालय, बबरमहलस्थित मध्यमस्तरीय करदाता कार्यालय र देशभरका सबै आन्तरिक राजस्व कार्यालय खुला राखेको थियो। करदाताको चाप र अन्त:शुल्कजन्य वस्तुको निष्कासनसम्बन्धी कामलाई ध्यानमा राखेर सेवा सञ्चालन गरिएको विभागले जनाएको छ।

विभागका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीले सार्वजनिक बिदाका दिन पनि राजस्व परिचालन प्रभावित हुन नदिन सबै कार्यालयबाट सेवा प्रदान गरिएको बताए। उनका अनुसार राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय सञ्चालन गरिएको थियो। ‘सोमबार दिनभर सेवाग्राहीलाई सेवा दिन कुनै कमी गरिएको छैन’, उनले भने, ‘कात्तिक मसान्तसम्मको राजस्व संकलनको यकिन विवरण भने सोमबार राति १२ बजेसम्मको दाखिला समेट्नुपर्ने भएकाले भोलि मात्र उपलब्ध हुनेछ।’

विभागले राजस्व संकलनलाई सहज बनाउन नेपाल राष्ट्र बैंकको बैंकिङ विभाग र नेपाल क्लियरिङ हाउससँग समेत समन्वय गरेको थियो । राष्ट्रिय भुक्तानी प्रणालीमार्फत हुने राजस्व दाखिलालाई सहज बनाउन विशेष व्यवस्था गरिएको विभागले जनाएको छ।

तिहारलगायतका लगातार सार्वजनिक बिदाका कारण करदातालाई समयमै दायित्व पूरा गर्न कठिनाइ हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको विभागको भनाइ छ। कात्तिक मसान्त गत आर्थिक वर्षको आय विवरण बुझाउने, आर्थिक ऐन २०८३ ले दिएका छुट सुविधा उपयोग गर्ने र कर बक्यौता फरफारक गर्ने अन्तिम समयसीमा थियो।

यसैबिच विभागले मंगलबार मंसिर १ गते विशेष कार्यक्रम आयोजना गरी कर दिवस मनाउने भएको छ। कर दिवसका अवसरमा सरकारले सबैभन्दा बढी कर बुझाउने व्यक्ति तथा संस्थालाई उत्कृष्ट करदाता सम्मान प्रदान गर्ने कार्यक्रमसमेत राख्दै आएको छ।

प्रकाशित: १ मंसिर २०८३ १०:२५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

सार्वजनिक बिदामा पनि कर कार्यालय खुल्ने, सोमबार देशभरका राजस्व कार्यालयबाट सेवा पाइने

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिए पनि देशभरका आन्तरिक राजस्व कार्यालय भने खुला रहने...

#राजस्व #करदाता #आन्तरिक
Compare →
Ekantipur
50m ago
सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

सबैभन्दा बढी कर तिर्ने सूर्य नेपाल र राजबहादुर शाहसहित को-को भए सम्मानित ?

आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ ।

#राजस्व #करदाता #आन्तरिक
Compare →
Onlinekhabar
1d ago
करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

करदातालाई महत्त्वपूर्ण कात्तिक मसान्तका दिन कर कार्यालय खुल्ने

२९ कात्तिक, काठमाडौं । कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट र सुविधा उपयोग गर्ने अन्तिम दिनसमेत हो …

#करदाता #कात्तिक #मसान्त
Compare →
Hamro Patro News
1h ago
करदाता प्रोत्साहन उपहार कार्यक्रम: कात्तिक दोस्रो पाक्षिकका बम्पर र दैनिक विजेता घोषणा

करदाता प्रोत्साहन उपहार कार्यक्रम: कात्तिक दोस्रो पाक्षिकका बम्पर र दैनिक विजेता घोषणा

काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि कात्तिक ३० गतेसम्मको दोस्रो पाक्षिक विजेताहरू सार्वजनिक गरिएको छ। कर प्रणालीलाई थप प्रवर्द्धन गर्ने उद्देश...

#करदाता #कात्तिक
Compare →

Related Stories

Business & Economy
Build #2612