काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १६ देखि कात्तिक ३० गतेसम्मको दोस्रो पाक्षिक विजेताहरू सार्वजनिक गरिएको छ। कर प्रणालीलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले ल्याइएको यस कार्यक्रमअन्तर्गत पाक्षिक बम्पर उपहार र दैनिक विजेताहरूको कुपन नम्बर तथा विक्रेता फर्महरूको नाम सार्वजनिक गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार १० लाख रुपैयाँको पाक्षिक बम्पर उपहारतर्फ विजेताको कुपन तथा बिल नम्बर ११७ ९१७ ६१४ ८५२ रहेको छ । १० लाख पुरस्कार जितेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका राम श्रेष्ठले श्री चिउरा तथा राइस मिलबाट ३०० को सामान किनेका थिए ।
Read full story at source ( nepalpress.com )