आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ ।
काठमाडौँ — आन्तरिक राजस्व विभागले २०८२/८३ मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा सम्मान गरेको छ ।
निकायतर्फ सूर्य नेपाल प्रालि र व्यक्तिगततर्फ राजबहादुर शाह सम्मानित भएका छन् । उत्कृष्ट करदातामा पर्यटन व्यवसायतर्फ सोल्टि होटल लिमिटेड, वस्तु तथा व्यापारतर्फ सीजी इम्पेक्स र ऊर्जामूलकतर्फ भोटेकोशी पावर कम्पनी सम्मानित भएका छन् ।
वार्षिक ५० करोडभन्दा बढी १ अर्बसम्म कारोबार गर्ने फुड एन्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि, रेमिटेन्स तथा मनी ट्रान्सफरतर्फ आईएमई, २०७७ साउनदेखि २०८३ असार मसान्तसम्मको सबैभन्दा बढी कर तिर्ने हिमालयन डिस्टिलरी लिमिटेडलाई पनि विभागले सम्मान गरेको छ ।
वार्षिक ५० करोड रूपैयाँसम्म कारोबार गर्ने इम्पेरियल सेक्युरिटिज कम्पनी, विशेष उद्योगमा सबैभन्दा बढी आयकर दाखिला गर्ने वरुण वेभरेज र प्रतिकूल अवस्थामा उत्कृष्ट व्यवसाय गरेकामा भाटभटेनी सुपरमार्केटलाई पनि सम्मान गरिएको छ ।
एकलौटी फर्ममा थर्ड आई इन्टरनेसनल, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवा निर्यातमा इन्फानाइड सफ्टवेयर सर्भिस नेपाल, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये गर्ने ओसीबी फुड्स सम्मानित भएका छन् ।
बैंक, वित्तीय संस्था र बिमातर्फ नबिल बैंक र स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा नोबेल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटललाई विभाले सम्मान गरेको छ ।