Trending
Prev Story
Next Story

बेलायती अभिनेता रोबर्ट प्याटिन्सनले जेम्स बन्डको रोल गर्ने

Ekantipur •
November 17, 2026 • 05:02 AM
3
3 reads 0 reactions

सन् १९५३ मा बेलायती उपन्यासकार इयान फ्लेमिङले आफ्नो उपन्यासमा सिर्जना गरेका थिए

बेलायती अभिनेता रोबर्ट प्याटिन्सनले जेम्स बन्डको रोल गर्ने

सन् १९५३ मा बेलायती उपन्यासकार इयान फ्लेमिङले आफ्नो उपन्यासमा सिर्जना गरेका थिए

लण्डन — अमेजन एमजीएम स्टुडियोको आगामी 'जेम्स बन्ड' फिल्ममा बेलायती कलाकार रोबर्ट प्याटिन्सनले जेम्स बन्डको भूमिका गर्ने भएका छन् ।

अमेजन एमजीएम स्टुडियोले सोमबार लन्डनमा यो औपचारिक घोषणा गरेको हो।

अमेजन एमजीएम स्टुडियोले लामो समयदेखि यसका अधिकार लिएका माइकल विल्स र बार्बरा ब्रोकोलीसँग सन् २०२५ मा नयाँ संयुक्त साझेदारी गरेपछि बन्ड फ्रान्चाइजीमा पहिलो पटक नयाँ रचनात्मक नियन्त्रण पाएको छ।

यो नयाँ चलचित्रको निर्देशन  डेनिस भिलनेभले  गर्नेछन् भने यसको पटकथा ब्रिटन स्टिभेन नाइटले लेखेका छन्।

हलिउड इतिहासकै सबैभन्दा लामो र बढी कमाइ गर्ने फ्रेन्चाइजीहरुको सुचीमा 'जेम्स बन्ड' पात्रसँग सम्बन्धित शृखंला एक हो ।

सन् १९५३ मा बेलायती उपन्यासकार इयान फ्लेमिङले आफ्नो उपन्यासमा यस काल्पनिक पात्र सिर्जना गरेका थिए । जेम्स बन्ड बेलायती गुप्तचर निकाय एमआई ६ मा कोडनेम ००७ राखेर काम गर्ने एक जासूस हुन् ।

सन् १९६२ मा  'डक्टर नो' रिलिज भएपछि जेम्स बन्ड पहिलोपटक पर्दामा देखिएको थियो । त्यसबेला सियन कोनेरीले उक्त भूमिका निभाएका थिए । पछिल्लोपटक सन् २०२१ मा जेम्स बन्डलाई मुख्यपात्र बनाएर यही सिरिजको २५ औं भाग आयो ।  यसक्रममा विभिन्‍न अभिनेताहरु जेम्स बन्डको भूमिका देखिएका छन् । पछिल्लोपटक डेनियल क्रेगले जेम्स बन्डको भूमिका गरेका थिए ।

नयाँ शृंखलाका लागि चुनिएका ४० वर्षीय प्याटिन्सनले यसअघि ' ह्यारी पोटर', 'ट्वालाइट सागा' र 'द ब्याटम्यान' जस्ता चर्चित चलचित्रहरूमा अभिनय गरिसकेका छन्।

जेम्स बन्ड बन्ने खबर पाएपछि उनले यसलाई आफ्नो जीवनकै ठूलो सम्मान र सपना साकार भएको बताएका छन्।

निर्देशक भिलनेभले प्याटिन्सनसँग बन्डको जस्तै कालजयी आत्मा र एकदमै नयाँ शैली रहेको बताएका छन्।

बेलायती राजपरिवारको आधिकारिक इन्स्टाग्राम अकाउन्टले पनि यो घोषणापछि 'मजेस्टिको गुप्त सेवामा स्वागत छ, मिस्टर बन्ड' भन्दै उनको स्वागत गरेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1h ago
रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

रोबर्ट प्याटिनसन बन्दैछन् छैटौँ ‘जेम्स बन्ड’

काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिनसन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । जेम्स बन्ड फ्रेन्चाइजको आधिकारिक सामाजिक सञ्जालमार्फत सोमबार यसबारे पुष्टि गरिएको हो । यससँगै प्याटिनसनले चर्चित ब्रिटिस ...

#बन्ड #जेम्स #रोबर्ट
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612