Trending
Prev Story
Next Story

रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

Ekantipur •
November 16, 2026 • 04:02 PM
5
5 reads 0 reactions

अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ ।

रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड

अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ ।

काठमाडौँ — हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजन एमजीएम स्टुडियोले सोमबार आधिकारिक घोषणा गर्दै ड्यानियल क्रेगपछि ००७ को भूमिकामा प्याटिन्सनलाई चयन गरेको जनाएको छ । उनी जेम्स बन्डको भूमिकामा देखिने सातौं अभिनेता हुनेछन् ।

प्याटिन्सनले यो भूमिका पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताएका छन् । निर्देशक डेनिस भिलनुभले उनलाई ००७ को कालजयी चरित्रमा नयाँपन ल्याउन सक्ने अभिनेता भन्दै स्वागत गरेका छन् ।

२६ औं शृंखलाको नयाँ बन्ड फिल्मको निर्देशन भिलनुभले गर्नेछन् भने पटकथा ‘पिकी ब्लाइन्डर्स’का लेखक स्टिभन नाइटले लेख्नेछन् । एमी पास्कल र डेभिड हेमनले फिल्म निर्माण गर्नेछन् ।

यसअघि ड्यानियल क्रेगले सन् २००६ देखि २०२१ सम्म पाँचवटा फिल्ममा जेम्स बन्डको भूमिका निर्वाह गरेका थिए । उनको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ सन् २०२१ मा प्रदर्शन भएको थियो ।

‘ट्वाइलाइट’का भ्याम्पायरदेखि जेम्स बन्डसम्म

४० वर्षको उमेरमा जेम्स बन्डको भूमिकामा चयन भएका बेलायती अभिनेता रोबर्ट प्याटिन्सनले करिब दुई दशक लामो अभिनय यात्रामा फरक–फरक चरित्रमार्फत आफ्नो पहिचान बनाएका छन् । सन् २००५ मा प्रदर्शन भएको ‘ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर’बाट ठूलो पर्दामा चिनिएका उनी ‘ट्वाइलाइट’ फिल्म शृंखलाबाट विश्वव्यापी लोकप्रिय बनेका थिए । त्यसमा उनले भ्याम्पायर एडवर्ड कलनको भूमिका निर्वाह गरेका थिए ।

तर प्याटिन्सनले आफूलाई किशोर दर्शकमाझ लोकप्रिय रोमान्टिक पात्रमा मात्र सीमित राखेनन् । ‘गुड टाइम’ (२०१७), ‘द लाइटहाउस’ (२०१९) र ‘टेनेट’ (२०२०) जस्ता फिल्ममा अभिनय गर्दै उनले फरक शैलीका भूमिकामा आफ्नो क्षमता देखाए ।

सन् २०२२ मा प्रदर्शन भएको ‘द ब्याटम्यान’मा ब्रुस वेन अर्थात् ब्याटम्यानको भूमिका निर्वाह गरेपछि उनी सुपरहिरो फिल्मका प्रमुख अभिनेताका रूपमा स्थापित भए । सन् २०२५ को ‘मिक्की १७’मा उनले एउटै पात्रका फरक प्रतिरूपको भूमिका निर्वाह गरेका थिए ।

यही वर्ष उनी ‘द ड्रामा’, क्रिस्टोफर नोलनको ‘द ओडिसी’ र ‘प्राइमटाइम’मा देखिएका छन् । डेनिस भिलनुभको ‘ड्युन : पार्ट थ्री’मा पनि उनको अभिनय छ । यस फिल्ममा उनले स्काइटेलको भूमिका निर्वाह गरेका छन् ।

अन्तर्रााष्ट्रिय सञ्चारमाध्यमहरूका रिपोर्टअनुसार प्याटिन्सनले नयाँ जेम्स बन्ड फिल्म र ‘द ब्याटम्यान पार्ट २’को छायांकन लगालग गर्ने भएका छन् । ‘द ब्याटम्यान पार्ट २’को छायांकन सन् २०२७ सम्म जारी रहनेछ । त्यसपछि उनी जेम्स बन्ड फिल्मको छायांकनमा जुट्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5d ago
अर्को वर्ष आउँदै नयाँ जेम्स बन्ड

अर्को वर्ष आउँदै नयाँ जेम्स बन्ड

काठमाडौं- जेम्स बन्डको अन्तिम फिल्म ‘नो टाइम टु डाई’ रिलिज भएको ५ वर्ष पूरा भएको छ । यस फिल्मपछि जेम्स बन्ड फेरि फिर्ता हुन धेरै वर्ष लाग्यो । यसबीचमा अहिले जेम्स बन्डको नयाँ सिरिजको लागि कलाकारको ...

#बन्ड #जेम्स
Compare →
Nagarik News
3w ago
दिल्ली उच्च अदालतद्वारा नेहा बोराको 'पीस बन्ड' विरुद्धको रिट खारेज

दिल्ली उच्च अदालतद्वारा नेहा बोराको 'पीस बन्ड' विरुद्धको रिट खारेज

दिल्ली उच्च अदालतले 'पीस बन्ड' भर्नेसम्बन्धी सूचनालाई चुनौती दिँदै नेहा बोराले दायर गरेको रिट खारेज गरेको छ।

#बन्ड
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612