Trending
Prev Story
Next Story

साउदीमा घरेलु श्रमिकलाई अर्काकोमा काम गर्न दिए रोजगारदातालाई एक लाख रियाल जरिवाना

Ekantipur •
November 16, 2026 • 04:02 PM
6
6 reads 0 reactions

साउदी गृह मन्त्रालयका अनुसार दोषी रोजगारदातालाई ६ महिनासम्म कैद र ५ वर्षसम्म नयाँ श्रमिक भर्नामा प्रतिबन्धसमेत हुनेछ ।

साउदीमा घरेलु श्रमिकलाई अर्काकोमा काम गर्न दिए रोजगारदातालाई एक लाख रियाल जरिवाना

साउदी गृह मन्त्रालयका अनुसार दोषी रोजगारदातालाई ६ महिनासम्म कैद र ५ वर्षसम्म नयाँ श्रमिक भर्नामा प्रतिबन्धसमेत हुनेछ ।

काठमाडौं — साउदी अरबमा आफ्ना घरेलु श्रमिकलाई अर्को रोजगारदाताकहाँ वा आफ्नै हिसाबले काम गर्न अनुमति दिने व्यक्तिगत रोजगारदातालाई एक लाख साउदी रियाल (करिब ३६ लाख रुपैयाँ)सम्म जरिवाना हुने भएको छ ।

साउदी अरबको गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार यस्तो कसुरमा संलग्न रोजगारदातालाई ६ महिनासम्म कैद र ५ वर्षसम्म नयाँ श्रमिक भर्ना गर्न प्रतिबन्धसमेत लगाइनेछ ।

मन्त्रालयले आवासीय अनुमति (इकामा) श्रम तथा सीमा सुरक्षासम्बन्धी नियम उल्लंघन नगर्न रोजगारदातालाई सचेत गराएको छ । आफ्ना श्रमिकलाई अर्को रोजगारदाताका लागि काम गर्न दिने वा व्यक्तिगत रूपमा अन्यत्र काम गर्न अनुमति दिने कार्यलाई नियमविपरीत मानिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यस्ता गतिविधि भएको थाहा पाएमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ । मक्का, मदिना, रियाद र पूर्वी प्रान्तमा ९११ तथा साउदी अरबका अन्य क्षेत्रमा ९९९ नम्बरमा फोन गरेर उजुरी गर्न सकिने जनाएको छ ।

साउदी अरबमा घरेलु श्रमिकसहित व्यक्तिगत रोजगारदातामार्फत काम गर्ने विदेशी श्रमिकका हकमा यो व्यवस्था महत्त्वपूर्ण छ । आफ्ना रोजगारदाताबाहेक अन्यत्र काम गर्दा श्रमिक र रोजगारदाता दुवै कानुनी कारबाहीमा पर्न सक्ने भएकाले मन्त्रालयले नियम पालना गर्न आग्रह गरेको हो ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ।

#रोजगारदाता #श्रमिक
Compare →
Hamro Patro News
2d ago
सरकारी खरिद र ठेक्कामा संलग्न श्रमिकको सामाजिक सुरक्षा अनिवार्य, कोषमा सूचीकृत हुन रोजगारदातालाई आग्रह

सरकारी खरिद र ठेक्कामा संलग्न श्रमिकको सामाजिक सुरक्षा अनिवार्य, कोषमा सूचीकृत हुन रोजगारदातालाई आग्रह

काठमाडौँ। सार्वजनिक खरिद प्रक्रियामा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न सामाजिक सुरक्षा कोषले तीनै तहका सरकार र सम्बन्धित रोजगारदातालाई आग्रह गरेको छ। सरकारबाट जारी ‘सार...

#रोजगारदाता #श्रमिक
Compare →
Onlinekhabar
1w ago
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

२२ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक खरिद मार्फत सञ्चालन हुने सबै प्रकारका आयोजना/कार्यक्रममा काम गर्ने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा र कल्याणका बहुआयामिक पक्ष समेटेर सरकारले सार्वजनिक खरिदमा आबद्ध …

#श्रमिक
Compare →
Bizshala
1w ago
उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

काठमाण्डौ । सरकारी ठेक्काको लागत अनुमान बनाउँदा अब श्रमिकको ज्यालासँगै सरकारले बेहोर्ने सामाजिक सुरक्षा योगदानको रकम...

#श्रमिक
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612