Trending
Prev Story
Next Story

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

Onlinekhabar •
November 16, 2026 • 03:31 AM
3
3 reads 0 reactions

३० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । जुवाखालबाट प्रहरीले …

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

३० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको छ ।

यसअघि यही कात्तिक २८ गते पनि दाङको घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेका ९ जना र घोराही उपमहानगरपालिका १५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ ...

#दाङ #जुवातास #खेलिरहे
Compare →
Ekantipur
1d ago
दाङमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जना पक्राउ

दाङमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।

#दाङ #खेलिरहे
Compare →
Arthasansar
6d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#जुवातास #खेलिरहे
Compare →
Nagarik News
1w ago
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।

#जुवातास #खेलिरहे
Compare →

Related Stories

Education & Youth
Build #2612