Trending
Prev Story
Next Story

दाङमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जना पक्राउ

Ekantipur •
November 15, 2026 • 04:32 AM
4
4 reads 0 reactions

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।

दाङमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।

दाङ — दाङका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अबस्थामा प्रहरीले शनिबार राती नगद तथा ताससहित १७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी नायब उपरीक्षक हेमबहादुर के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई जुवा खालबाटै नियन्त्रणमा लिएको हो ।

पहिलो घटनाअन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित वसन्त बुढाथोकीको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सो स्थानबाट प्रहरीले जुवा खेलिरहेका ९ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट चार लाख आठ हजार एक सय बीस रूपयाँ नगद बरामद गरेको छ ।

सो स्थानबाट प्रहरीले घरबेटी वसन्त बुढाथोकी सहित वर्ष ४८ का नवल सिंह डाँगी, वर्ष ४३ का नीमबहादुर भण्डारी, वर्ष ४३ का तुलबहादुर खड्का र वर्ष ३५ का रामकृष्ण खड्का पक्राउ परेका छन् ।

यस्तै वर्ष ४० का यदुनाथ पाण्डे, वर्ष ४० का हिमराज के.सी., वर्ष ३५ का निमेश भण्डारी र वर्ष ४१ का चन्द्रदेव बुढा पक्राउ परेका छन्  ।

त्यसैगरी, दोस्रो घटनामा घोराही उपमहानगरपालिका वडा नं. १५ जानकी टोलस्थित भूपबहादुर डाँगीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा थप ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त जुवा खालबाट प्रहरीले १ लाख ४ हजार ५ सय ८० नगद बरामद गरेको छ ।

पक्राउ पर्नेमा घरबेटी वर्ष ६८ का भूपबहादुर डाँगी, वर्ष ६० का केशरबहादुर पछाई, वर्ष ६४ का लुमा सिंह बस्नेत, वर्ष ६५ का निमबहादुर पुन, वर्ष ५२ का गिरीराज के.सी., वर्ष ५३ का ओविन्द्र महरा, वर्ष ४७ का तारा डाँगी र वर्ष ३९ का हिरालाल रावत रहेका छन् ।

पक्राउ परेका सबै जनालाई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक एक्क बहादुर नेपालीले जानकारी दिएका छन् ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ ...

#दाङ #खेलिरहे #जुवा
Compare →
Onlinekhabar
5d ago
धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

धनकुटामा कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२४ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ९ लिसिम्बुमा कौडा खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार गत राति अर्थात् सोमबार राति स्थानीय विष्णु घिसिङको घरमा जुवा खेलिरहेको …

#जुवा #खेलिरहे #अवस्थामा
Compare →
Arthasansar
5d ago
जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख  बढी रकम बरामद

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ, २३ लाख बढी रकम बरामद

देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ...

#खेलिरहे #जुवा #अवस्थामा
Compare →
Nagarik News
1d ago
काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।

#खेलिरहे #अवस्थामा
Compare →

Related Stories

National (Nepal)
Build #2612