Trending
Prev Story
Next Story

काठमाडौंको होमस्टेमा प्रहरीको छापा : यस्तो अवस्थामा ३७ जना समातिए

Nagarik News •
November 13, 2026 • 02:43 PM
1
1 reads 0 reactions

सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।

1 / 2
Swipe Photos

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित एक होमस्टेबाट प्रहरीले सञ्चालकसहित ३७ जनालाई पक्राउ गरेको छ।

उनीहरूको साथबाट प्रहरीले पाँच लाख ७८ हजार ५५५ रुपैयाँ नगद र १६ वटा कौडा पनि बरामद गरिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार बिहान करिब ५ बजे कुमार लामाले सञ्चालन गरेको कुशुम छ्याम्बा हाउस एन्ड होमस्टेमा जुवा खेलिरहेको गोप्य सूचना प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले होमस्टेमा छापा मारेको थियो। त्यसक्रममा उनीहरू कौडा खेलिरहेको अवस्थामा भेटिएका थिए।

पक्राउ पर्नेमा गागलफेदीका छिरिङ लामा, स्याङतान तामाङ, राम तामाङ, रमेश लामा, सुजित लामा, साजन तामाङ, गोपाल लामा, विमल तामाङ, पासाङ तामाङ, रबिन लामा, अनिष लामा, बिर्तामान लामा, युनिक तामाङ, जय सिंह लामा, निश्चल तामाङ, सन्चमान लामा, महेश तामाङ र बिजय लामा छन्।

त्यस्तै कुमार लामा, सुरेश लामा, सौरव मोक्तान, सागर लामा, सुरेन्द्र लामा, विबेक लामा, दुर्गा लामा, ज्ञान बहादुर लामा, सुकदेव लामा, राम कृष्ण तामाङ र कुमार तामाङ पनि पक्राउ परेका छन्।

अन्य पक्राउ पर्नेमा भक्तपुरका दिनेश तामाङ, नवलपरासीका होमबहादुर महतो, काठमाडौंका सुर्य तामाङ, अमर बहादुर घलान, राम लामा, आइमान घलान र काभ्रेका बिर बहादुर लामा छन्।

प्रहरीले पक्राउ परेकाहरूमाथि जुवा सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०८३ २०:२८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
48m ago
कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

कौडा खेलिरहेको अवस्थामा गागलफेदीबाट ३७ जना पक्राउ

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा कौडा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन् । गागलफेदीस्थित कुशुम छयाम्बा हाउस र होमस्टेमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त...

#कौडा #खेलिरहे #अवस्थामा
Compare →
Onlinekhabar
2d ago
चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

चितवनमा कौडा खेल्ने १८ जना पक्राउ

२५ कात्तिक, चितवन । चितवनका विभिन्न स्थानबाट कौडा खेलिरहेका १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति भरतपुर महानगरपालिका वडा नं. २७ धरमपुरबाट ७ जना ब्यक्तिलाई १६ थान कौडा र …

#कौडा #खेलिरहे
Compare →

Related Stories

National (Nepal)
Build #2611