Trending
Prev Story
Next Story

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

Arthasansar •
November 07, 2026 • 03:04 AM
1
1 reads 0 reactions

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई सहज बनाउन बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको हो।

केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै व्यापार सहजीकरण तथा आपूर्ति प्रणालीलाई निरन्तरता दिन भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकका अनुसार मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदाको समयमा पनि सम्बन्धित बैंक शाखाहरूले सेवा प्रवाहलाई निरन्तरता दिनुपर्नेछ।

सरकारले आगामी कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा दिएको छ। उक्त अवधिमा अन्य बैंकिङ सेवा बन्द रहे पनि भन्सार कार्यालयमा रहेका बैंक शाखाहरूबाट भने भन्सार जाँचपाससँग सम्बन्धित आवश्यक बैंकिङ सेवा उपलब्ध हुने भएको छ। यस व्यवस्थाले तिहार बिदाका कारण आयात–निर्यात तथा भन्सार जाँचपास प्रक्रियामा हुन सक्ने अवरोध कम गर्दै व्यापार तथा आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
तिहार बिदापछि आज सेयर बजार खुल्द‌ै

तिहार बिदापछि आज सेयर बजार खुल्द‌ै

काठमाडौं : नेपालीहरूको महान् चाड तिहारको लामो बिदापछि आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)को नियमित सेयर कारोबार पुन: सञ्चालन हुँदैछ। कात्तिक २२ गतेदेखि २६ गतेसम्म तिहारको सार्वजनिक बिदा परेकाले सो अवध...

#तिहार #बिदा
Compare →
Nagarik News
7h ago
छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

छठ पर्वको अवसरमा आगामी सोमबार सार्वजनिक बिदा भए पनि राहदानी विभाग भने खुला रहने भएको छ ।

#रहने
Compare →
Onlinekhabar
15h ago
प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

प्रचण्ड ५ दिन रूसमा रहने, राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पाँच दिन रुसमा रहने भएका छन् । प्रचण्ड आज रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य …

#रहने
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →

Related Stories

Business & Economy
Build #2611