Trending
Prev Story
Next Story

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

Ekantipur •
November 12, 2026 • 01:32 PM
1
1 reads 0 reactions

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

खोटाङ — तिहारको अवसरमा सञ्चालित ‘दसैं–तिहार, चेलीलाई उपहार’ अभियानमा ३ सय ७ जना चेलीले निःशुल्क बाइक सेवा पाएका छन् । यातायातको पहुँचबाहिरका चेलीहरूलाई घरदेखि माइतीसम्म र माइतीदेखि घरसम्म निःशुल्क बाइक सेवा दिइएको हो ।

गत मंगलबारदेखि सञ्चालन गरिएको अभियान बिहीबार समापन भएको हो । यसअन्तर्गत बिहीबार ७० जना चेलीले निःशुल्क सेवा पाएका छन् । त्यस्तै बुधबार १ सय १ जनालाई र मंगलबार १ सय ३८ जनालाई निःशुल्क सेवा दिइएको अभियानको सचिवालयकी अञ्जना आचार्यले बताइन् ।

आर्थिक अभावका कारण यातायातको पहुँचबाहिर रहेका चेलीहरूलाई घरबाट माइतीसम्म र माइतीबाट घरसम्म पुर्‍याइएको अभियानका संयोजक सञ्जयकुमार राईले बताए । ‘अभावमा माइती–मावली गर्न नसक्ने चेलीहरूका लागि यो अभियान सञ्चालन गरिएको हो,’ राईले भने, ‘तिहारको अवसरमा ३ दिनसम्म सञ्चालन गरिएको अभियानमा ३ सय ७ जनाले सेवा पाउनुभएको छ । दसैंमा ६ सय ४७ जना चेलीले सेवा पाउनुभएको थियो ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो । कार्तिक २६, २०८३ डम्बरसिं राई खोटाङ — तिहारको अवसरमा सञ्चालित ‘दसैं...

#निःशुल्क #चेली #तिहार
Compare →
Nagarik News
2d ago
भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

भाइटीकामा २५ सय यात्रुलाई सशस्त्रको निःशुल्क बस सेवा

तिहारको मुख्य दिन भाइटीकामा सार्वजनिक यातायात नपाएर समस्यामा परेका दुई हजार ४८६ जना सर्वसाधारणलाई सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा उपलब्ध गराएको छ।

#निःशुल्क #तिहार
Compare →
Arthasansar
11h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#निःशुल्क
Compare →
Onlinekhabar
2d ago
तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

तिहारको मैझारोमा झरी : अनि खुले जुगलदेखि माछापुच्छ्रेसम्मका हिमाल (तस्वीरहरू)

‎‎२५ कार्तिक, नुवाकोट । तिहारको मैझारोसँगै आएको वर्षा रोकिएपछि उत्तरी हिमश्रृंखला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको वर्षाले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए । एकैछिनको वर्षा रोकिएपछि घाम लाग्दा घमाइलो …

#तिहार
Compare →

Related Stories

National (Nepal)
Build #2611