काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून संख्यामा सञ्चालन हुँदा सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २ हजार ४८६ यात्रु लाभान्वित भएका छन् ।
तिहारको महत्वपूर्ण पर्व भाइटीकाका दिन सार्वजनिक सवारीसाधन पर्याप्त मात्रामा सञ्चालन नहुने र यात्रुहरूलाई आवतजावतमा समस्या हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित भक्तपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
Read full story at source ( aarthiknews.com )