Trending
Prev Story
Next Story

नागढुंगा सुरुङमार्गबाट १५ दिनमा उठ्यो डेढ करोड राजस्व

Ekantipur •
November 18, 2026 • 09:32 AM
3
3 reads 0 reactions

१५ देखि ३० कात्तिकसम्म १ लाख १९ हजार २९ सवारीले सुरुङ प्रयोग गर्दा औसत दैनिक १० लाख ९६ हजार रुपैयाँ संकलन भएको हो ।

नागढुंगा सुरुङमार्गबाट १५ दिनमा उठ्यो डेढ करोड राजस्व

१५ देखि ३० कात्तिकसम्म १ लाख १९ हजार २९ सवारीले सुरुङ प्रयोग गर्दा औसत दैनिक १० लाख ९६ हजार रुपैयाँ संकलन भएको हो ।

काठमाडौं — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क लिन थालेसँगै डेढ करोडभन्दा बढी राजस्व उठेको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार १५ देखि ३० कात्तिकसम्म १ करोड ६४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको हो । यो अवधिमा १ लाख १९ हजार २९ वटा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।

सडक बोर्ड नेपालका अनुसार सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनी बस, ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा ११५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको छ । बस र ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २६० र यही मार्ग भएर बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ६०० र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार उक्त अवधिमा एक दिनमा सबैभन्दा बढी १० हजार ३५४ र सबैभन्दा कम ४ हजार २६६ सवारीसाधन गुडेका छन् । यस्तै, एकै दिन सबैभन्दा धेरै १४ लाख ६५ हजार ९१५ र सबैभन्दा कम ३ लाख ७१ हजार ८५० रुपैयाँ राजस्व उठेको छ । जसअनुसार औसतमा दैनिक ७ हजार ९३५ सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने गरेका छन् र १० लाख ९६ हजार ४६७ रुपैयाँ राजस्व उठ्ने गरेको छ ।

सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले लिएको हो । उक्त कम्पनीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उठेको टोल शुल्क दैनिक सडक बोर्ड नेपालको खातामा जम्मा गर्दै आएको छ । उक्त सेवा प्रदायक कम्पनीले ५ वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नुपर्नेछ ।

सुरुङमार्गभित्र सवारीका लागि गति तोकिएको छ । प्रतिघण्टा ४० किमिको गतिमा सवारी चलाउनुपर्नेछ । सुरुङ नहुँदा धादिङबाट काठमाडौं आउँदा नागढुंगा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्थ्यो । सुरुङमार्गबाट ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ ।

सुरुङभित्र भेन्टिलेसन प्रयोजनका लागि १५ वटा जेट फ्यान जडान गरिएका छन् । मुख्य सुरुङको दूरी २.६८८ र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३७५ मिटरमा ७ वटा क्रस प्यासेज निर्माण गरिएका छन् । सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र ननमोटोराइज्ड सवारीले भने प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ । सुरुङ चौबीसै घण्टा खुला रहनेछ । टोल संकलन गर्नका लागि ६४ जना कर्मचारी परिचालन गरिएको छ ।

सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । हाज्माले जेठ २०८३ मा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो । सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले नै मर्मतसम्भार गर्नुपर्नेछ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। ...

#राजस्व #उठ्यो
Compare →
Onlinekhabar
20h ago
प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य

प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य

१ मंसिर, काठमाडौं । १० भदौ र त्यसयताका विनाशकारी बाढीपहिरोले वैदेशिक व्यापार प्रभावित बनाए पनि भन्सार राजस्व संकलनमा सरकार लक्ष्य भेट्न सफल भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भन्सार विभागले …

#राजस्व
Compare →
Nagarik News
1d ago
प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

प्रतिकूलताबीच लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुनु सुशासनको लाभांश: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिकूलताका बीच पनि सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन हुनुलाई सुशासनको लाभांशका रूपमा बुझ्नुपर्ने बताएका छन्।

#राजस्व
Compare →
Bizshala
1d ago
नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

नेपालमा प्यान लिने करदाताको संख्या ८० लाख नाघ्यो, राजस्वको दायरा विस्तार हुँदै

काठमाडौं । नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने संस्थागत तथा व्यक्तिगत करदाताको संख्या ८० लाख नाघेको छ ।राष्ट्रिय कर...

#राजस्व
Compare →

Related Stories

Business & Economy
Build #2612