Trending
Prev Story
Next Story

कर्जा नगएपछि राष्ट्र बैंकले २३ अर्ब  तिरेर राख्यो बैंकहरूको पैसा

Ekantipur •
November 19, 2026 • 07:32 AM
3
3 reads 0 reactions

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ ।

कर्जा नगएपछि राष्ट्र बैंकले २३ अर्ब  तिरेर राख्यो बैंकहरूको पैसा

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ ।

काठमाडौँ — बैंकहरूबाट कर्जा नगएपछि राष्ट्र बैंकले २३ अर्ब  तिरेर बैंकहरूको पैसा राखेको छ ।

कर्जा लगानी गरेर वित्तीय प्रणालीमा अधिक रहेको रकम खिच्दा राष्ट्र बैंकले ब्याज बराबर २२ अर्ब ८२ करोड रूपैयाँ खर्चिएको हो । राष्ट्र बैंकले बैंकिङ प्रणालीमा धेरै पैसा हुँदा खिच्ने गर्छ भने कम हुँदा पठाउने गर्छ । यसलाई तरलता व्यवस्थापन भनिन्छ ।

गत आर्थिक वर्ष २०८२-८३ मा राष्ट्र बैंकले तरलता व्यवस्थापनमा यो रकम खर्चिएको हो ।

नेपाल राष्ट्र बैंकले ऋणपत्र, स्थानी निक्षेप सुविधा, निक्षेप संकलन उपकरणबाट कुल ४ सय २५ खर्ब रुपैयाँ बजारबाट खिचेको तरलता प्रशोचन गरेको हो ।

यसको लागि गत वर्ष राष्ट्र बैंकले २२ अर्ब ८२ करोड रुपैयाँ खर्च गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा धेरै हो ।

अघिल्लो पटक पनि राष्ट्र बैंकले तरलता व्यवस्थानमा गर्दा ९ अर्ब ३९ करोड रुपैयाँ खर्चिएको थियो ।

अहिले पनि बैंकहरुमा करिब १६ खर्ब हाराहारी अधिक तरलता छ । हाल बै‌ंकहरुले राष्ट्र बैंकमा राखेकाे रकम १३ खर्ब ९६ अर्ब रुपैयाँ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई सकस, तीन महिनाका लागि एकैपटक २ खर्ब तरलता खिच्दै

बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकलाई सकस, तीन महिनाका लागि एकैपटक २ खर्ब तरलता खिच्दै

काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले एकैपटक दुई खर्ब रुपैयाँ...

#प्रणाली #तरलता #पैसा
Compare →
Onlinekhabar
2d ago
२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

२ खर्ब तरलता खिच्दै राष्ट्र बैंक

१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएपछि केन्द्रीय बैंकले ३ महिना अवधिको लागि सो रकम खिच्न लागेको …

#प्रणाली #तरलता
Compare →
Nagarik News
1d ago
काम गरेको पैसा नपाएपछि गरिमाको चेतावनी : अर्को पोस्टमा तस्बिर सार्वजनिक हुन्छ

काम गरेको पैसा नपाएपछि गरिमाको चेतावनी : अर्को पोस्टमा तस्बिर सार्वजनिक हुन्छ

कलाकार तथा आफूले पैसा तिर्नु पर्ने व्यक्तिको म्यासेज फोन नउठाउनु सिनेमा क्षेत्रमा यो गम्भिर रोग हो। 

#पैसा
Compare →
Hamro Patro News
1d ago
तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३ महिना अवधिका लागि निक्षेप स...

#तरलता #बैंकले
Compare →

Related Stories

Business & Economy
Build #2612