Trending
Prev Story
Next Story

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

Arthasansar •
November 19, 2026 • 11:36 AM
2
2 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक...

पहिलो चौमासिकमा साढे १९ अर्ब बराबरको एफडीआई प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चौमासिकममा साढे १९ अर्ब भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) मा १९ अर्ब ५५ करोड २८ लाख रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो ।

यस अवधिमा कुल ४९७ उद्योग दर्ता भएका छन् । कात्तिकका मात्र ८५ उद्योग दर्ता भएका छन् । जसमार्फत ३ अर्ब ४२ करोड रुपैयाँ बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव कात्तिकसम्म ३६ अर्ब ६८ करोड बराबर एफडीआई स्वीकृत भएको थियो । चालु आव गत आवको तुलनामा झन्डै आधा कम भएको हो । चालु आव स्वीकृत एफडीआईमध्ये ४ ठूला र २ मझौला उद्योगमा आएको छ । बाँकी ४९१ साना प्रकृतिका उद्योगमा लगानी स्वीकृत भएको विभागले जनाएको  ।

कात्तिकमा १ ठूलो र बाँकी सबै साना उद्योग दर्ता भएका छन् । यस वर्ष आएको लगानी प्रतिवद्धतामध्ये सबैभन्दा धेरै रकम पर्यटनमूलक उद्योगमा ८ अर्ब ६६ करोड बराबर आएको छ । कुल १४६ उद्योग पर्यटनमूलक उद्योगका रूपमा दर्ता भएका छन् । त्यस्तै ऊर्जामूलक ३ उद्योग दर्ता भएकोमा लगानी प्रतिबद्धता भने ४ अर्ब ५ करोड बराबर आएको छ । सेवामूलक उद्योगमा कुल ४४ दर्ता भएकोमा लगानी प्रतिबद्धता ३ अर्ब ९५ करोड बराबर आएको विभागले जनाएको छ । संख्यात्मक रूपमा सबैभन्दा धेरै उद्योग सूचना प्रविधिमा २७२ वटा दर्ता भएको तथ्यांक छ । यस वर्ष उत्पादनमूलक २९ उद्योग दर्ता भएकोमा १ अर्ब ७५ करोड बराबर लगानी प्रतिबद्धता आएको देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

४ महिनामा साढे १९ अर्ब बराबर एफडीआई प्रतिबद्धता

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा साढे १९ अर्ब रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म १९ अर्ब ५५ करोड …

#बराबर #प्रतिबद्धता #साढे
Compare →
Ekantipur
18h ago
जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

जलवायु परिवर्तन र हिमाली संरक्षणमा नेपाल–भारत सहकार्य गर्ने प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा टर्कीको अन्ताल्यामा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनमन्त्री भूपेन्दर यादवबीच भएको द्विपक्षीय भेटवार्तामा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो ।

#प्रतिबद्धता
Compare →
Hamro Patro News
1d ago
मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

मन्त्री बादीद्वारा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सात बुँदे प्रतिबद्धता प्रस्तुत

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकामाथि हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन...

#प्रतिबद्धता
Compare →
Nagarik News
1d ago
बाल हिंसा अन्त्यका लागि मन्त्री बादीले गरिन् सातबुँदे प्रतिबद्धता

बाल हिंसा अन्त्यका लागि मन्त्री बादीले गरिन् सातबुँदे प्रतिबद्धता

मन्त्री बादीले सन् २०२८ सम्म अनलाइन दुर्व्यवहारलगायत बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबाट संरक्षण गर्न कानुन, नीति तथा राष्ट्रिय मापदण्ड सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

#प्रतिबद्धता
Compare →
Bizshala
8h ago
काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ ?

काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ ?

काठमाडौं । वितरण लाइन भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच...

#कुन #क्षेत्रमा
Compare →

Related Stories

Business & Economy
Build #2612