Trending
Prev Story
Next Story

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

Onlinekhabar •
November 19, 2026 • 11:31 AM
2
2 reads 0 reactions

३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर …

विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब पुग्यो

३ मंसिर, काठमाडौं । मुलुकसँग विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय स्थिति रिपोर्ट अनुसार मुद्रा सञ्चिति २७ अर्ब ३९ करोड अमेरिकी डलर बराबर पुगेको छ । असार मसान्तसम्मको तुलनामा सञ्चिति रुपैयाँमा ६.८ प्रतिशत बढेको हो भने अमेरिकी डलरमा ८.२ प्रतिशत बढेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३६ खर्ब ९५ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।  त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग ४ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ ।

२०८३ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को तीन महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
10h ago
३ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

३ मंसिर २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १४९.८१मा, युरो रु १६४.४१मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#मुद्रा
Compare →
Bizshala
10h ago
आज कति छ विदेशी मुद्राको विनिमयदर ?

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकन डलर, युरो, पाउन्ड,...

#मुद्रा
Compare →
Hamro Patro News
2d ago
तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

तरलता थुप्रिएपछि बजारबाट राष्ट्र बैंकले आज २ खर्ब खिच्दै

काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट २ खर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले मंगलबार ३ महिना अवधिका लागि निक्षेप स...

#खर्ब
Compare →
Nagarik News
2d ago
पहिलो चौमासिकमा चार खर्ब ९६ अर्ब बजेट खर्च

पहिलो चौमासिकमा चार खर्ब ९६ अर्ब बजेट खर्च

पहिलो चौमासिकमा सरकारको आम्दानी वार्षिक लक्ष्यको २३ दशमलव ३९ र खर्च २३ दशमलव ३७ प्रतिशत देखिएको छ।

#खर्ब
Compare →
Arthasansar
2d ago
बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बजारमा अधिक तरलता २ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले आज मंगलबार २ खर्ब निक्षेप संकलन गर्न लागेको छ । राष्ट्र...

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2612