Trending
Prev Story
Next Story

असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

Arthasansar •
November 19, 2026 • 11:36 AM
2
2 reads 0 reactions

चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक...

असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक हो ।

मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ अर्ब भित्रिएको थियो । चालु आव असोजमा चाडबाड तथा रसुवा बाढीका कारण पनि रेमिट्यान्स आप्रवाह बढेको हो ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आव २०८३/८४ को तीन महिनामा रेमिट्यान्स आप्रवाह २७.२ प्रतिशत वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशत बढेको थियो ।

२०८३ असोजमा रेमिट्यान्स आप्रवाह २ खर्ब ६७ अर्ब ३४ करोड छ । भदौमा २ खर्ब २१ अर्ब भित्रिएको थियो । गत आव असोजमा २ खर्ब १ अर्ब २२ करोड भित्रिएको थियो । चालु आव असोजमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १६.७ प्रतिशत वृद्धि भई ४ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष २९.२ प्रतिशत बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्स्फर) ७ खर्ब ६२ अर्ब ९० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आय ६ खर्ब १० अर्ब ६१ करोड थियो ।

चालु आव असोजमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख २१ हजार ८ सय ७९ र पुन: श्रम स्वीकृति लिनेको संख्या ८२ हजार ३ सय ६९ छ । अघिल्लो वर्ष सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख २३ हजार ४ सय ५९ र ७७ हजार २ सय ५७ थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
23m ago
असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

असोजमै भित्रियो हालसम्मकै कीर्तिमानी आकारको रेमिट्यान्स

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष तेस्रो महिना अर्थात् असोजमा २ खर्ब ६७ अर्ब बराबर रेमिट्यान्स भित्रिएको छ । यो हालसम्मकै कीर्तिमानी अंक हो । मासिक रेमिट्यान्स आप्रवाह यसअघिको उच्च गत वैशाखमा २ खर्ब ५७ …

#रेमिट्यान्स #असोज #खर्ब
Compare →
Hamro Patro News
2d ago
सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (असोज मसान्त) सम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब नौ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोही अवधिमा सर...

#असोज #खर्ब
Compare →
Bizshala
1d ago
माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ट्यापट्याप सेन्ड...

#रेमिट्यान्स
Compare →
Ekantipur
6d ago
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

#असोज
Compare →
Nagarik News
1w ago
तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

#असोज
Compare →

Related Stories

Business & Economy
Build #2612