Trending
Prev Story
Next Story

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने

Bizshala •
November 17, 2026 • 02:04 PM
3
3 reads 0 reactions

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ट्यापट्याप सेन्ड...

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सम्झौता, विदेशबाट पठाएको पैसा ३० हजारभन्दा बढी केन्द्रबाट भुक्तानी लिन सकिने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी ट्यापट्याप सेन्ड (TapTap Send) बीच रेमिट्यान्स सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ।

नेपालमा विप्रेषण सेवालाई थप सहज, सुरक्षित, सरल र भरपर्दो बनाउने उद्देश्यले दुई संस्थाबीच सम्झौता भएसँगै औपचारिक रूपमा रेमिट्यान्स कारोबार सुरु भएको हो।

यस सहकार्यसँगै विदेशमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले ट्यापट्याप सेन्डको मोबाइल एप प्रयोग गरी नेपालमा सहज रूपमा रकम पठाउन सक्नेछन्।

विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै रेमिट्यान्स सेवा ‘एमबीएल रेमिट’ (MBL Remit) मार्फत नगद भुक्तानी लिन सकिनेछ। साथै, माछापुच्छ्रे बैंकसहित नेपालका अन्य बैंक तथा वित्तीय संस्थामा रहेका खातामा समेत सोझै रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकका अनुसार सेवाग्राहीले नेपालभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत नगद रकम प्राप्त गर्न सक्नेछन्। यसले विशेषगरी बैंकिङ सेवाको पहुँच सीमित रहेका क्षेत्रका नागरिकलाई विदेशबाट पठाइएको रकम प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

रेमिट्यान्सले नेपाली परिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विदेशबाट प्राप्त हुने रकमले परिवारको दैनिक खर्च व्यवस्थापन, शिक्षा, स्वास्थ्योपचार, आवास तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याउनुका साथै बचत तथा लगानी क्षमता अभिवृद्धिमा समेत योगदान गर्दै आएको छ।

बैंकले प्रचलित कानुनी तथा नियामकीय व्यवस्था, नेपाल राष्ट्र बैंकका निर्देशन, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मापदण्ड तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासको पालना गर्दै सुरक्षित र पारदर्शी रेमिट्यान्स सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।

ट्यापट्याप सेन्डसँगको सहकार्यले माछापुच्छ्रे बैंकको अन्तर्राष्ट्रिय रेमिट्यान्स सञ्जाल विस्तार हुनुका साथै डिजिटल माध्यमबाट विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप प्रभावकारी बनाउने बैंकको विश्वास छ।

हाल माछापुच्छ्रे बैंकले देशभर १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र, ११ एक्सटेन्सन काउन्टर तथा १९४ एटीएम/सीडीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकका अनुसार आधुनिक प्रविधिमा आधारित यस सेवा सञ्जालबाट १८ लाखभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4h ago
माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता

माछापुच्छ्रे बैंक र ट्यापट्याप सेन्डबीच रेमिट्यान्स सेवा सञ्चालन सम्झौता

१ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र अन्तर्राष्ट्रिय डिजिटल विप्रेषण सेवा प्रदायक ट्यापट्याप सेन्डबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ। सम्झौतासँगै नेपालमा उक्त सेवामार्फत विप्रेषण कारोबारसमेत औपचारिक रूपमा सुरु भएको छ। सम्झौताअनुसार विदेशमा रहेका नेपाली …

#माछापुच्छ्रे #ट्यापट्याप #सेन्डबीच
Compare →
Hamro Patro News
8h ago
सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

सर्वाधिक कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा आइएमई सम्मानित

काठमाडौं । रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित व...

#रेमिट्यान्स
Compare →
Nagarik News
2d ago
सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

सांसद मन्त्री विदेश घुमेर देश बन्दैन: पूर्ण बस्नेत

बस्नेतले सांसद, मन्त्रीहरुको विदेश भ्रमणलाई लिएर टिप्पणी गरेका छन् । विदेश घुमेर देश नबन्ने भन्दै सरकारी भ्रमणको औचित्य, उद्देश्य र उपलब्धी सार्वजनिक हुनुपर्ने बताएका छन् ।

#विदेश
Compare →

Related Stories

Business & Economy
Build #2612