१ मंसिर, काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्सफर कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ।
राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन्।
सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याउन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए। उनले रेमिट्यान्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आइएमईको ब्रान्ड पहिचान विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
विभिन्न देशमा एक सयभन्दा बढी व्यावसायिक साझेदार सञ्जाल रहेको आइएमईले रेमिट्यान्स कारोबारसँगै आफूले सिर्जना तथा विकास गरेको उद्यमशीलताको पारिस्थितिक प्रणाली ९इकोसिस्टम० लाई थप सुदृढ बनाउने जनाएको छ। यसका लागि उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई प्राथमिकता दिने अध्यक्ष ढकालले बताए।
सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। कम्पनीले यही योगदानका आधारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको जनाएको छ। यसअघि पनि आइएमई पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भइसकेको छ।