१ मंसिर, काठमाडौं । लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री, निर्मात्री तथा सफल उद्यमी श्वेता खड्कालाई आफ्नो ब्रान्ड एड्भोकेटका रूपमा नियुक्त गरेको छ। सन् २०२६ नोभेम्बर १६ देखि लागू हुने गरी खड्कासँग औपचारिक रूपमा सहकार्य सुरु भएको कम्पनीले जनाएको छ।
नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल खड्का अभिनयसँगै चलचित्र निर्माण तथा उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय छिन् ।
यस सहकार्यअन्तर्गत श्वेता खड्काले लेमन ट्री प्रिमियर बुढानीलकण्ठको ब्रान्ड प्रतिनिधित्व गर्दै होटलका विभिन्न प्रवर्द्धनात्मक गतिविधि, विशेष कार्यक्रम तथा मार्केटिङ अभियानहरूमा सहभागिता जनाउने कम्पनीले जनाएको छ ।
साथै, होटलको आतिथ्य सेवा, खानपान, आवास तथा वेलनेस सुविधाहरूलाई थप व्यापक दर्शकमाझ परिचित गराउन उनको भूमिका रहनेछ।