Trending
Prev Story
Next Story

आई ब्युटीको सेवा विस्तार, एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री

Arthasansar •
October 04, 2026 • 11:02 AM
1
1 reads 0 reactions

सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले...

आई ब्युटीको सेवा विस्तार, एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री

सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सकून् भन्ने अवधारणाका साथ आई ब्युटी सञ्चालनमा ल्याइएको हो ।

आई ब्युटीमा हाल लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा एक्सक्लुसिभ ब्रान्ड उपलब्ध छन् । लास्या इटलीसँग सम्बन्धित सौन्दर्य ब्रान्ड हो । यसका सामग्री इटलीमा उत्पादन भएर आउने र नेपालमा प्याकेजिङ तथा रिफिलिङ गरिने कम्पनीले जनाएको छ । लास्या सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध हुँदै आएको छ ।

त्यस्तै, सिल्कन कोरियाली सौन्दर्य ब्रान्ड हो, जुन सन् २०१३ देखि नेपालमा बजारमा उपलव्ध हुँदै आएको छ । सिल्कनका सामग्री कोरियाली प्रविधि तथा अवधारणामा आधारित भए पनि प्याकेजिङ र रिफिलिङको काम नेपालमै गरिन्छ । आई ब्युटीका अनुसार नेपालमै प्याकेजिङ तथा रिफिलिङ हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर र ब्रान्डको अवधारणा कायम राख्दै नेपाली उपभोक्ताको क्रयशक्ति र बजेटलाई ध्यानमा राखेर तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा सामग्री उपलब्ध गराउन सहज भएको हो ।

सन् २०२६ मा आई ब्युटीले टेनजिरोलाई नेपालमा सार्वजनिक गरेको छ । ‘मेड इन कोरिया’का रूपमा प्रस्तुत गरिएको टेनजिरो आई ब्युटीको एक्सक्लुसिभ ब्रान्ड हो । आई ब्युटीले नेपाली बजारमा ब्रान्डप्रतिको धारणा र उपभोक्ताको आवश्यकता फरक हुने भन्दै ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार सामग्री छनोट गर्न पाउने वातावरण बनाउन खोजिएको जनाएको छ ।

‘एभ्रिथिङ यु निड, अन्डर वन रूफ’ अवधारणासहित सञ्चालनमा आएको आई ब्युटीका हाल केएल टावरको दोस्रो तल्ला, धुम्बाराही पिपलबोट र सिटी स्क्वायर सामाखुसीमा तीनवटा शाखा सञ्चालनमा छन् । कम्पनीले आई ब्युटीलाई कस्मेटिक पसलभन्दा पनि विभिन्न ब्रान्ड, उत्पादनको विविधता, सुविधा र पहुँचयोग्य मूल्यलाई एउटै स्थानमा जोड्ने प्रयासका रूपमा अघि बढाएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
अपरिचितसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न अमेरिका विश्वकै उत्कृष्ट देश भएको अध्ययनको निष्कर्ष

अपरिचितसँग व्यावसायिक सम्बन्ध विस्तार गर्न अमेरिका विश्वकै उत्कृष्ट देश भएको अध्ययनको निष्कर्ष

एजेन्सी । नयाँ तथा अपरिचित व्यक्तिहरूसँग व्यावसायिक सम्बन्ध (प्रोफेसनल नेटवर्किङ) गाँस्न र विस्तार गर्नका लागि अमेरिका विश्वकै सबैभन्दा अनुकूल देश बनेको छ । इभेन्ट लिड–क्याप्चर तथा एआई ब्याज–स्क्य...

#विस्तार
Compare →
Ekantipur
1w ago
अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि सडक विस्तार रोकिँदा ढुंगा, माटो र इँटा असरल्ल छन्, जसले यातायात तथा पैदलयात्रु जोखिममा परेका छन्।

#विस्तार
Compare →
Bizshala
1d ago
अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ।...

#ब्रान्ड
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#विस्तार
Compare →
Nagarik News
4d ago
लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

लोकप्रियताको आडमा महिलामाथि शोषण, चर्चित कमेडियन ब्रान्डलाई साढे १० वर्ष जेल

अदालतमा पीडित महिलाहरूले आफूहरूमाथि भएको घटनाले लामो समयसम्म मानसिक असर पारेको बताएका थिए।

#ब्रान्ड
Compare →

Related Stories

Business & Economy
Build #2611