Trending
Prev Story
Next Story

अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

Ekantipur •
October 31, 2026 • 01:31 PM
1
1 reads 0 reactions

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि सडक विस्तार रोकिँदा ढुंगा, माटो र इँटा असरल्ल छन्, जसले यातायात तथा पैदलयात्रु जोखिममा परेका छन्।

अदालतको आदेशपछि रोकियो सडक विस्तार, भग्नावशेषले हेटौंडाको मुख्य सडक जोखिमपूर्ण

सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि सडक विस्तार रोकिँदा ढुंगा, माटो र इँटा असरल्ल छन्, जसले यातायात तथा पैदलयात्रु जोखिममा परेका छन्।

हेटौंडा — सडक विस्तारका क्रममा भत्काइएका घरटहराको भग्नावशेष नहटाइँदा हेटौंडाको मुख्य बजार क्षेत्र जोखिमपूर्ण बनेको छ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि रोकिएको सडक विस्तारको काम अघि नबढ्दा सडकमा ढुंगा, माटो र इँटा असरल्ल छन् । साँघुरो र धुलाम्मे सडकमा दुर्घटनाको जोखिम बढेको छ ।

गत मंसिरमा सडक विभागले रातामाटेदेखि चौकीटोलस्थित लोकप्रिय होटलसम्म सडकको केन्द्रबाट दायाँबायाँ २५–२५ मिटरभित्र निर्माण गरिएका घर र टहरा भत्काएको थियो । तर, संरचना भत्काएर सडक सफा नगर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि विस्तारको काम रोकिएको थियो ।

अहिले मुख्य सडकमा ढुंगा, इँटा, माटो र अन्य निर्माण सामग्री असरल्ल छन् । सडक साँघुरो र असुरक्षित बनेको छ । बजार क्षेत्रमा दुर्घटना बढेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडा तराईलाई पहाडी जिल्ला र संघीय राजधानीसँग जोड्ने चारवटा राजमार्गको संगमस्थल हो । तर, अहिले सहरको मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ । राजमार्ग छेउछाउका घरटहरा कतै आधा भत्काइएका छन् भने कतै जीर्ण अवस्थामा छन् । सडक किनारमा भग्नावशेष थुप्रिएका छन् ।

सडक विस्तार तत्काल अघि नबढाउन सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेशको निरन्तरता र अन्तरिम आदेशका विषयमा छलफल गर्न पटक–पटक पेसी तोकिए पनि मुद्दा हेर्न नभ्याइने सूचीमा पर्दै आएको सरोकारवालाले बताएका छन् । अहिले भने पेसीसमेत नतोकिएको उनीहरूको भनाइ छ ।

गत मंसिर २० गते सडक डिभिजनले घरटहरा भत्काएपछि मुख्य बजार अस्तव्यस्त बनेको हो । बजार क्षेत्रका कतिपय ठाउँमा विद्युत् सेवा अवरुद्ध छ भने सडक धुलाम्मे छ । पछाडिपट्टि जग्गा भएका केही घरधनीले अगाडिका संरचना धमाधम भत्काइरहेका छन् । तर, मुद्दा किनारा नलागेकाले सडक डिभिजन कार्यालयले सडक विस्तार तथा व्यवस्थापनको काम अघि बढाउन सकेको छैन । सडक डिभिजन प्रमुख किरण कार्कीले अदालतको आदेश नआएसम्म कार्यालय हात बाँधेर बस्न बाध्य भएको बताए । ‘सर्वोच्चको आदेश कुरिरहेका छौं,’ उनले भने ।

सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५–२५ मिटरभित्र रहेका २ सय ३४ घरटहरा तथा संरचना सडकको दायाँतर्फ र २ सय ९७ वटा बायाँतर्फ भत्काउने सूचीमा छन् । तीमध्ये करिब ५ सय संरचना भत्काइसकिएको सडक डिभिजनको विवरणमा उल्लेख छ ।

सडक डिभिजनले सडक सीमाभित्र निर्माण गरिएका घरटहरा भत्काउन थालेपछि पूर्वसांसद विन्दवासिनी कंसाकारलगायत केही घरधनीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ‘एक वर्ष हुन लागेपनि मुद्दा किनारा लागेको छैन,’ हेटौंडा उपमहानगरपालिकाका कानुनी सल्लाहकार लक्ष्मण मैनालीले भने, ‘अदालतको ढिलाइले हेटौंडाको मुख्य बजार कुरूप देखिनुका साथै दुर्घटना पनि हुने गरेको छ ।’

यसअघि २०७३ र २०८० सालमा पनि सडकका घरटहरा भत्काउन खोज्दा स्थानीयले अदालतमा रिट दायर गरेका थिए । त्यतिबेला अदालतले उक्त रिट खारेज गरेको थियो । हेटौंडा उपमहानगरपालिकाले २०७४ सालमा नगरसभाबाट घरटहरा भत्काउने निर्णय गरेको थियो । स्थानीय सरकारको निर्णयको विरोध गर्दै केही व्यक्तिले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दारले हेटौंडामा आत्महत्या गरे

लमजुङमा कार्यरत प्रहरी सहायक हवल्दारले हेटौंडामा आत्महत्या गरे

हेटौंडा । लमजुङस्थित इलाका प्रहरी कार्यालय भेटेओडारमा कार्यरत प्रहरी सहायक हवल्दारले हेटौंडामा आत्महत्या गरेका छन् । जिल्ला प्रहरी प्रमुख श्याम खत्रीका अनुसार हेटौंडा उपमहानगरपालिका ८ ओमनगरमा जेठा...

#हेटौंडा
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#विस्तार
Compare →
Nagarik News
1d ago
हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

हेटौंडामा ६० हजार भक्तजनलाई लक्षित गर्दै छठको तयारी

तिहार सकिएलगत्तै मकवानपुरको हेटौंडामा छठ पर्वको तयारी तीव्र पारिएको छ। हेटौंडास्थित राप्ती नदी किनारको दायाँतर्फ करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा आवश्यक संरचना निर्माण भइरहेको छ।

#हेटौंडा
Compare →

Related Stories

National (Nepal)
Build #2612