Trending
Prev Story
Next Story

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

Bizshala •
November 12, 2026 • 11:33 AM
1
1 reads 0 reactions

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ।...

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। जे.जी.आई. डिस्ट्रिब्युसन प्राइभेट लिमिटेड र गो टु फुड्सको साझेदारीमा भित्रिन लागेको ब्रान्डले आगामी २१ नोभेम्बर २०२६ मा बौद्धस्थित भाटभटेनी सुपरमार्केटबाट सेवा सुरु गर्ने जनाएको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार पहिलो आउटलेट भाटभटेनीको चौथो तलास्थित फुड पार्कमा रहनेछ। बौद्धबाट सुरु हुने व्यवसायलाई निकट भविष्यमा थप आउटलेटमार्फत विस्तार गर्ने योजना छ।

सन् १९८८ मा अमेरिकामा स्थापना भएको आन्टी एन्स हातैले आकार दिएर ताजा बेक गरिने नरम प्रेट्जेलका लागि परिचित ब्रान्ड हो। यसको प्रवेशसँगै जे.जी.आई. र गो टु फुड्सको साझेदारीमा नेपालमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खाद्य ब्रान्डको दायरा थप फराकिलो हुने भएको छ। यस साझेदारीअन्तर्गत सिनाबोन र कार्भेल यसअघि नै नेपाली बजारमा सञ्चालनमा छन्।

जे.जी.आई. डिस्ट्रिब्युसनका प्रबन्ध निर्देशक राज बहादुर शाहले आन्टी एन्सको आगमनलाई अन्तर्राष्ट्रिय ब्रान्ड नेपाली उपभोक्तासम्म पुर्‍याउने कम्पनीको योजनाको अर्को कदमका रूपमा लिएको बताए। उनले उत्पादनसँगै ग्राहकले प्राप्त गर्ने अनुभवलाई पनि प्राथमिकता दिने उल्लेख गरे।

“बौद्धको आउटलेट हामीले निकट भविष्यमा विस्तार गर्ने योजना बनाएका धेरै आउटलेटहरूमध्येको पहिलो हुनेछ,” शाहले भने।

गो टु फुड्स इन्टरनेसनलका एसिया–प्रशान्त क्षेत्रका वरिष्ठ उपाध्यक्ष स्टिभन याङले नेपाल प्रवेशलाई कम्पनीको अन्तर्राष्ट्रिय विस्तार रणनीतिको महत्त्वपूर्ण उपलब्धि भएको बताए। सिनाबोन र कार्भेलपछि जे.जी.आई. डिस्ट्रिब्युसनसँगको साझेदारीमा आन्टी एन्स पनि नेपाली बजारमा विस्तार हुन लागेको उनले उल्लेख गरे।

बौद्ध आउटलेटमा ओरिजिनल, जालापेन्यो, सिनामन सुगर, आल्मन्ड र पेपरोनी स्वादका प्रेट्जेल उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै, ओरिजिनल र चिज भेराइटीका प्रेट्जेल डग्स तथा मिनी प्रेट्जेल डग्स पनि मेनुमा रहनेछन्।

ग्राहकले ओरिजिनल, सिनामन सुगर र आल्मन्ड क्रिम चिज स्वादका प्रेट्जेल स्टिक्स पनि रोज्न सक्नेछन्। यी परिकारसँग खान क्रिम चिज, मस्टर्ड, क्यारामेल र चकलेटलगायत डिप्स उपलब्ध हुनेछन्।

पेय पदार्थतर्फ ओरिजिनल लेमोनेडसँगै पिच, म्याङ्गो र स्ट्रबेरी स्वादका लेमोनेड मिक्सर्स तथा तातो र चिसो कफीका विकल्प रहनेछन्। आउटलेट बिहान १० बजेदेखि राति ९ बजेसम्म खुल्ने विज्ञप्तिमा उल्लेख छ।

खाद्य व्यवसायमा जे.जी.आई.को विस्तार

जे.जी.आई. डिस्ट्रिब्युसन जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको कम्पनी हो। समूहले अन्तर्राष्ट्रिय साझेदारीमार्फत सिनाबोन, कार्भेल र आन्टी एन्सजस्ता ब्रान्ड नेपालमा ल्याउँदै खाद्य तथा पेय पदार्थ व्यवसायमा आफ्नो उपस्थिति विस्तार गरिरहेको जनाएको छ।

अमेरिकाको एटलान्टामा मुख्यालय रहेको गो टु फुड्स यसअघि फोकस ब्रान्ड्सका नामले परिचित थियो। विज्ञप्तिमा उद्धृत २८ सेप्टेम्बर २०२५ सम्मको तथ्यांकअनुसार यसका सम्बद्ध ब्रान्डअन्तर्गत अमेरिकाका सबै ५० राज्य तथा विश्वका ७० देश र भूभागमा ७ हजार १०० भन्दा बढी रेस्टुरेन्ट, क्याफे, आइसक्रिम पसल र बेकरी सञ्चालनमा छन्।

नेपालमा भने बौद्धको पहिलो आउटलेटपछि थप स्थानमा विस्तार गर्दै आन्टी एन्सका उत्पादन धेरै उपभोक्तासम्म पुर्‍याउने लक्ष्य साझेदार कम्पनीहरूले राखेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
अमेरिकाको प्रतिष्ठित प्रेट्जेल ब्रान्ड आन्टी एन्स नेपालमा भित्रिँदै

अमेरिकाको प्रतिष्ठित प्रेट्जेल ब्रान्ड आन्टी एन्स नेपालमा भित्रिँदै

सन् १९८८ मा संयुक्त राज्य अमेरिकामा स्थापना भएको प्रतिष्ठित अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले २१ नोभेम्बर २०२६ मा काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरमार्केटमा आफ्नो पहिलो नेपाली आउटलेटको ...

#ब्रान्ड #आन्टी #एन्स
Compare →
Nagarik News
17h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Onlinekhabar
2d ago
अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्रीविरुद्ध महाभियोग प्रस्ताव अघि बढाउने प्रयास असफल

अमेरिकी रक्षामन्त्री पीट हेगसेथलाई पदबाट हटाउने प्रयास तत्कालका लागि असफल भएको छ । अमेरिकी प्रतिनिधिसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रस्ताव रोकिदिएको छ । रिपब्लिकन सांसद थोमस मेसीले उक्त प्रस्ताव पेस गरेका थिए । उनले कांग्रेसको …

#अमेरिकी
Compare →

Related Stories

National (Nepal)
Build #2612