Trending
Prev Story
Next Story

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

Nagarik News •
October 29, 2026 • 07:43 AM
1
1 reads 0 reactions

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा पाण्डे र संस्थाका निर्देशक राजन खकुरालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द पनि उपस्थित थिए। उनले यस किसिमको सम्झौताले नेपाली खेलाडीलाई आर्थिक रूपमा थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि पाण्डेले खुसी व्यक्त गर्दै आफूलाई यो अवस्थामा पुग्न सहयोग गर्ने क्यान र आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको लण्डन इयर केयरलाई धन्यवाद दिए।

लण्डन इयर केयर बेलायतको लण्डनमा रहेको कानको स्वास्थ्य तथा श्रवणसम्बन्धी सेवा प्रदान गर्ने संस्था हो। यसले कानको जाँच, कानमा जमेको मैन हटाउने, श्रवण परीक्षण तथा श्रवण सहायक उपकरण उपलब्ध गराउँदै आएको छ।

संस्थाका निर्देशक खकुराल बेलायतमा रहेर स्वास्थ्य सेवा, सामाजिक कार्य, सामुदायिक विकास तथा नेपाली क्रिकेटको प्रवर्द्धनमा सक्रिय छन्। उनले सन् २०१६ मा लर्ड्स क्रिकेट मैदानमा नेपाल र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच भएको ऐतिहासिक खेलमा टिकट व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए। सन् २०१८ मा नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीच भएको त्रिकोणात्मक टी-२० शृङ्खलाको व्यवस्थापन तथा समन्वयमा पनि उनले भूमिका निर्वाह गरेका थिए।

खकुरालले बेलायतमा रहेका नेपाली क्रिकेट टोली तथा खेलाडीलाई सहयोग गर्दै नेपाल र बेलायतबीचको खेलकुद सम्बन्ध विस्तारमा योगदान पुर्‍याउँदै आएका छन्। उनले सन् २०२४ मा ‘नेपाल-ब्रिटेन मिडिया पर्सनालिटी अफ द इयर’ सम्मानसमेत प्राप्त गरेका थिए।

पाण्डेसँगको सहकार्यले लण्डन इयर केयरको पहिचान विस्तार गर्नुका साथै नेपाली क्रिकेट र बेलायतमा रहेका नेपाली समुदायबीचको सम्बन्ध थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १३:२८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
सर्वोच्चमा प्रस्तावित पाण्डेलाई श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसदको प्रश्न

सर्वोच्चमा प्रस्तावित पाण्डेलाई श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसदको प्रश्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका निम्ति प्रस्तावित जनक पाण्डेसँग नेकपा (एमाले)की सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्प...

#पाण्डे
Compare →
Onlinekhabar
6d ago
प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो, गोकर्ण डाँगीको सुरु

२० कात्तिक, काठमाडौं । सर्वोच्चका लागि प्रस्तावित न्यायाधीश जनक पाण्डेको सुनुवाइ सकिएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठकमा बिहानदेखि पाण्डेको सुनुवाइ भएको हो । पाण्डेको सुनुवाइ सकेर सिमितिले गोकर्ण डाँगीको सुनुवाइ सुरु गरेको छ । …

#पाण्डे
Compare →
Bizshala
1d ago
अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

अमेरिकी ब्रान्ड आन्टी एन्स नेपाल भित्रिँदै, बौद्धमा पहिलो आउटलेट खुल्ने

काठमाण्डौ । अमेरिकी सफ्ट प्रेट्जेल ब्रान्ड आन्टी एन्सले नेपालमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ।...

#ब्रान्ड
Compare →

Related Stories

Sports
Build #2612