काठमाडौँ — सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले अदालत प्रवेश गरेपछि आफ्नो राजनीतिक आस्था र विचार बाहिरै छुट्ने दाबी गरेका छन्। शनिबार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायिक निष्पक्षताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले इजलासमा बसेपछि प्रमाण र मिसिलका आधारमा मात्र न्याय सम्पादन हुने स्पष्ट पारे।
सुनुवाइका क्रममा नेकपा एमालेकी सांसद पद्मा अर्यालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसम्बन्धी मुद्दामा उच्च अदालतमा फरक–फरक राय आउनुको कारणबारे प्रश्न गरेकी थिइन्। जवाफमा पाण्डेले तत्काल प्राप्त प्रमाणका आधारमा आफूले खाँणलाई धरौटीमा छाड्ने राय दिएको भए पनि अन्तिम फैसला तेस्रो न्यायाधीशको इजलासबाट भएको प्रस्ट्याए।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )