Trending
Prev Story
Next Story

काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ ?

Bizshala •
November 19, 2026 • 03:08 AM
2
2 reads 0 reactions

काठमाडौं । वितरण लाइन भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच...

काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् कटौती हुने, कुन दिन कहाँ ?

काठमाडौं । वितरण लाइन भूमिगत गर्ने कामका लागि काठमाडौंका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा बिहान १०ः३० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती गर्न लागेको हो ।

प्राधिकरणका अनुसार मंसिर ३, ६ र ८ गते बलम्बु/थानकोट फिडरअन्तर्गत बल्खु खोला पुल र नैकाप क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । मंसिर ४, १० र १४ गते धोबीखोला/बत्तीसपुतली फिडरअन्तर्गत लुम्बिनी–शिफल ग्राउन्ड तथा शिफल ग्राउन्ड–कालोपुल क्षेत्रमा कटौती हुनेछ ।

त्यस्तै, मंसिर ५ गते कालिमाटी र बाफल फिडरको स्युचाटार पुल, मंसिर ७ गते कोटेश्वर/इमाडोल फिडरको ईडीटीआर ९ र ९ए, मंसिर ९ गते कोटेश्वर फिडरको ईडीटीआर २६ए र ४, मंसिर ११ गते बलम्बु/थानकोट फिडरको सतुङ्गल–डुङ्गे अड्डा, मंसिर १२ गते कोटेश्वर फिडरको ईडीटीआर ८ए र ८ तथा मंसिर १३ गते थानकोट फिडरको बलम्बु–सगरमाथा स्याटेलाइट स्टेसन क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले भूमिगत लाइन विस्तार तथा व्यवस्थापनको कामका क्रममा विद्युत् कटौती गर्नुपरेको जनाएको छ । मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका रद्द हुन सक्ने जनाउँदै प्राधिकरणले उपभोक्तामा पर्ने असुविधाप्रति क्षमायाचना गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
55m ago
काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)

काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् आपूर्ति बन्द हुने (तालिकासहित)

३ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि १२ दिनसम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका …

#विद्युत् #मंसिर #वितरण
Compare →
Hamro Patro News
1d ago
२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित) कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण। मंसिर २, २०८३ कान्ति एआई कालिमाटी थोक बजारमा आजका लाग...

#मंसिर #कुन
Compare →
Ekantipur
1d ago
पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

पुनर्स्थापनामा सरकारले बेवास्ता गरेको भन्दै भोटेकोशी बाढीपीडितले विद्युत् प्राधिकरणको जग्गामा डोजर चलाए

बाढीबाट पूर्ण रूपमा विस्थापित त्रिशूली बजारका ४५० पीडित परिवारमध्ये २५० भन्दा बढीले विद्युत् प्राधिकरणको जग्गा कब्जा गरी डोजर लगाएर सम्याउँदै टेन्ट गाडेका छन् ।

#विद्युत्
Compare →

Related Stories

National (Nepal)
Build #2612