Trending
Prev Story
Next Story

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

Onlinekhabar •
November 18, 2026 • 12:01 PM
2
2 reads 0 reactions

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ …

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो । २४ वैशाख २०८१ मा उक्त मुद्दामा उच्च अदालत पाटनले फैसला गर्दै ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैदको सजाय सुनाएको थियो ।

फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

सर्लाहीमा ग्यास पाइपलाइन र भण्डारण बनाउन साढे १७ अर्ब अनुदान मागिँदै

२ मंसिर, काठमाडौं । मंसिर ७ देखि ९ सम्म हुने तयारी भइरहेको प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा व्यापार तथा पारवहन सहजीकरण, सीमा पूर्वाधार र ऊर्जा आपूर्तिलाई मुख्य आर्थिक एजेन्डा बनाइ...

#काठमाडौं #मंसिर
Compare →
Nagarik News
1d ago
हुण्डी कारोबारको सञ्जाल: एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

हुण्डी कारोबारको सञ्जाल: एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।

#काठमाडौं #अनुसन्धान
Compare →
Ekantipur
23h ago
सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

#जरिवाना
Compare →

Related Stories

National (Nepal)
Build #2612