Trending
Prev Story
Next Story

हुण्डी कारोबारको सञ्जाल: एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

Nagarik News •
November 17, 2026 • 11:45 AM
9
9 reads 0 reactions

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।

हुण्डी कारोबारको सञ्जाल: एकान्तकुनाबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

एकान्तकुनाबाट प्रहरीले ठूलो रकमसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौंको बानेश्वर निवासी प्रज्वल रिजाल रहेका छन्।

एकान्तकुनामा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगदसहित पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए।

प्रहरीले बरामद रकमको स्रोत तथा पक्राउ परेका व्यक्तिहरूको हुण्डी कारोबारमा संलग्नताबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

अवैध रूपमा रकम ओसारपसार तथा वित्तीय कारोबार भइरहेको आशंकामा प्रहरीले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ मंसिर २०८३ १७:३० मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
23h ago
एकान्तकुनामा हुण्डी कारोबारको आशंकामा प्रहरीको छापा, १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ

एकान्तकुनामा हुण्डी कारोबारको आशंकामा प्रहरीको छापा, १ करोड ६७ लाख नगदसहित तीन जना पक्राउ

काठमाण्डौ । ललितपुरको एकान्तकुनाबाट हुण्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई ठूलो परिमाणको...

#काठमाडौं #हुण्डी #एकान्तकुना
Compare →
Onlinekhabar
1h ago
५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ …

#काठमाडौं #अनुसन्धान
Compare →

Related Stories

Technology
Build #2612