काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्ममा कम्पनीले १३ करोड ७१ लाख ६४ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि उल्लेख्य घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ४७ करोड ६५ लाख ९४ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा घटेर ६ करोड १० लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको कुल नाफा ७ करोड ७३ लाख रुपैयाँबाट घटेर १ करोड ६३ लाख रुपैयाँमा झरेको छ। सञ्चालन नतिजा पनि ४ करोड २९ लाख रुपैयाँ नाफाबाट ३ करोड ७१ लाख रुपैयाँ घाटामा पुगेको छ।
त्यस्तै, कम्पनीको वित्तीय खर्च बढेर ६ करोड ९१ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो खर्च ३ करोड ८४ लाख रुपैयाँ थियो।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ रहेको छ भने कुल दायित्व ५ अर्ब ७० करोड ६२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक १४.६७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२५.४८ रुपैयाँ रहेको छ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।