Trending
Prev Story
Next Story

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घिउ बेचेर वार्षिक तीन लाख बचत

Onlinekhabar •
November 18, 2026 • 01:01 AM
9
9 reads 0 reactions

२ मंसिर, कास्की । कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको …

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घिउ बेचेर वार्षिक तीन लाख बचत

२ मंसिर, कास्की । कतार र कुवेतमा १८ वर्ष बिताएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्किएका उनले आठ वर्षदेखि भैँसीपालनलाई आम्दानीको माध्यम बनाएका हुन् ।

विदेशमा लामो समय काम गर्दा परिवारबाट टाढा बस्नुपरेको अनुभवले उनलाई स्वदेशमै केही गर्ने प्रेरणा मिल्यो । अहिले परिवारसँगै बसेर आफ्नै पेसा गर्न पाउँदा उनी सन्तुष्ट छन् । उनको गोठमा अहिले १६ वटा भैँसी छन् । तीमध्ये पाँचवटा दुहुना छन् ।

क्षेत्रीले दूध बिक्री गर्नुको सट्टा दही जमाएर मोही पार्ने र घिउ उत्पादन गरी बिक्री गर्दै आएका छन् । पाँच दिनको दूधबाट चार लिटर घिउ उत्पादन हुने उनले बताए । उत्पादित घिउ प्रतिलिटर एक हजार ५०० रुपैयाँमा बिक्री हुन्छ ।

उनले उत्पादन गरेको घिउ सिदिङमा मात्र नभई मर्दी हिमाल पदयात्रा मार्गका लो क्याम्प र फरेष्ट क्याम्पसम्म पुर्‍याएर पर्यटकलाई पनि बिक्री गर्छन् । पदयात्रामा आउने पर्यटकसम्म स्थानीय उत्पादन पुर्‍याउन सकेपछि बजारको समस्या नरहेको उनको अनुभव छ ।

भैँसीपालनका लागि उनले स्थानीय चरन क्षेत्रको उपयोग गर्दै आएका छन् । दूध दिने भैँसीलाई गोठमा बाँधेर राख्ने र दूध दिन छाडेका भैँसीलाई लेकतिर चराउन लैजाने गरेका छन् । सिदिङदेखि कालीमाटीमाथिको लेकसम्म भैँसी चराउन लैजाँदा घाँस, दाना र परालको खर्च कम हुने उन बताउँछन् । “दूध दिने भैँसीलाई गोठमै बाँध्ने हो, दूध दिन छाडेकालाई लेकतिर चराउन लैजाने हो । यसबाट घाँस, दाना र परालको खर्च कम हुन्छ,” उनले भने ।

घिउ उत्पादनसँगै क्षेत्रीले राँगा तथा भैँसीको खरिदबिक्री पनि गर्दै आएका छन् । राम्रो दूध दिने भैँसीको मूल्य एक लाख रुपैयाँसम्म पर्ने उनले बताए । घिउ र भैँसीको बिक्रीबाट घरखर्च कटाएर वार्षिक करिब तीन लाख रुपैयाँ बचत हुने गरेको उनको भनाइ छ ।

भैँसीपालनमा परिवारको साथ र सहयोगले व्यवसायलाई निरन्तरता दिन सहज भएको उन बताउँछन् । उनले छोरीलाई स्नातक तहसम्म अध्ययन गराएका छन् । छोरी अहिले जापानमा छिन् भने दुई छोरा कक्षा ९ मा अध्ययनरत छन् ।

विदेशमा आर्जन गरेको अनुभव र मेहनत आफ्नै गाउँमा उपयोग गर्न सके आम्दानीका लागि विदेश नै जानुपर्ने बाध्यता नहुने उनको अनुभव छ । गाउँको लेकाली वातावरणमा पशुपालन गर्दै परिवारसँगै बस्न पाउँदा आफू सन्तुष्ट रहेको उनी बताउँछन् ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23h ago
विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

विदेशको रोजगारी छाडेर गाउँमै भैँसीपालन, घ्यू बेचेर वार्षिक तीन लाख बचत

कास्की– कतार र कुवेतमा १८ वर्ष बिताउनुभएका कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङका मीनबहादुर क्षेत्री अहिले आफ्नै गाउँमा भैँसीपालन गरेर जीविकोपार्जन गरिरहेका छन् । विदेशको रोजगारी छाडेर गाउँ फर्...

#गाउँ #भैँसीपालन #विदेश
Compare →
Nagarik News
3h ago
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

तनहुँको व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ।

#गाउँ
Compare →
Bizshala
13h ago
वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न

काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा...

#रोजगारी
Compare →
Ekantipur
2d ago
पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

तरकारीदेखि सुन्तला, किवी, पशुपालन र होमस्टेसम्मका उद्यमले अर्घाखाँचीका गाउँमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गरेका छन्।

#गाउँ
Compare →

Related Stories

Business & Economy
Build #2612