Trending
Prev Story
Next Story

उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

Nagarik News •
November 19, 2026 • 12:47 AM
2
2 reads 0 reactions

तनहुँको व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ।

उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट

तनहुँको व्यास नगरपालिका–१३ छापडाँडा भञ्ज्याङस्थित बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ। कृषि तथा पर्यटन प्रवर्द्धनमार्फत स्थानीय समुदायको आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित यहाँ रु एक करोड ५० लाख बराबरको परियोजना सञ्चालन हुन लागेको हो।

गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बेनीकोट (कृषि तथा पर्यटन प्रवर्द्धन परियोजना)’ सञ्चालन हुन लागेको हो।

परियोजनामा गण्डकी प्रदेश सरकारले ७५ प्रतिशत अर्थात् रु एक करोड १२ लाख ५० हजार र व्यास नगरपालिकाले २५ प्रतिशत अर्थात् रु ३७ लाख ५० हजार लगानी गर्नेछन्। परियोजना विसं २०८३ कात्तिक १६ गतेदेखि सुरु भई २०८४ जेठ ३० गतेसम्म सञ्चालन हुने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए।परियोजनामार्फत बेनीकोटको भौतिक पूर्वाधार विकाससँगै स्थानीय मौलिक कला, संस्कृति, परम्परागत पेसा, कृषि उत्पादन र पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको उनले बताए। स्थानीय समुदायको सीप, ज्ञान र पहिचानलाई आर्थिक गतिविधिसँग जोडेर गाउँमै रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने योजना परियोजनामा समेटिएको छ।

पूर्वाधार निर्माणदेखि पाहुना घरसम्म

परियोजनाअन्तर्गत बेनीकोटमा पर्यटकको आवागमन सहज बनाउने र बसाइलाई व्यवस्थित गर्ने उद्देश्यले स्टोन ट्रेल निर्माण गरिनेछ। त्यस्तै पाहुना घर निर्माण गर्ने तथा कालो सुँगुरको खोर व्यवस्थापन र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ।

स्टोन ट्रेल र पाहुना घर निर्माणले गाउँमा आउने पर्यटकलाई सहज आवागमन तथा बसोबासको सुविधा उपलब्ध गराउने छ। स्थानीय मौलिकता झल्किने संरचना निर्माणसँगै गाउँको पहिचानलाई पर्यटनसँग जोड्ने लक्ष्य राखिएको छ।

परम्परागत पेसा र सीपलाई उद्यमसँग जोडिने

लम्सालका अनुसार परियोजनाको अर्को महत्वपूर्ण पक्ष स्थानीय समुदायको परम्परागत पेसा तथा सीप संरक्षण र प्रवद्र्धन हो। यसअन्तर्गत सामुदायिक वनमा बाँस खेती विस्तार गरिनेछ। भुजेल समुदायको परम्परागत पेसा संरक्षण गर्दै बाँसबाट हस्तकलाका सामग्री निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताए।

त्यस्तै, दलित समुदायको परम्परागत पेसा संरक्षण तथा प्रवद्र्धन र व्यावसायिक मौरीपालनलाई परियोजनामा समेटिएको छ। स्थानीय सीप र स्रोतसाधनको उपयोग गरी उत्पादनमूलक उद्यम विकास गर्ने लक्ष्य राखिएको छ। मौरीपालनमार्फत कृषि तथा पर्यटनसँगै स्थानीय उत्पादनको अर्को आम्दानीको स्रोत विकास गर्ने योजनाछ।

मौलिक संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड

बेनीकोटलाई सांस्कृतिक गाउँका रूपमा स्थापित गर्न पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ। पर्यटकलाई स्वागत तथा सेवा प्रदान गर्ने आतिथ्यतासम्बन्धी सीप विकास, घरबासको स्तरीकरण र मौलिक कला तथा संस्कृतिको संरक्षण परियोजनाका प्रमुख कार्यक्रम रहेको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए।

यसैगरी, स्थानीय सङ्ग्रहालय व्यवस्थापन, मगर समुदायको पहिचान, वेशभूषा तथा सांस्कृतिक पक्षको संरक्षण र प्रचारप्रसारलाई प्राथमिकता दिइनेछ। गाउँको सरसफाइ तथा पर्यटकीय वातावरण सुधारका कार्यक्रम पनि सञ्चालन गरिनेछ।

कृषि प्रवर्द्धननतर्फ ड्रागन खेती विस्तार, स्थानीय रैथाने बाली संरक्षण तथा सिँचाइ व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिनेछन्। स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि उत्पादनलाई प्रोत्साहन गर्दै व्यावसायिक खेतीको विस्तार गर्ने लक्ष्य राखिएको छ।

स्थानीय स्रोत, सीप र पहिचानको उपयोग गर्ने लक्ष्य

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले परियोजनामार्फत बेनीकोटको कृषि, पर्यटन, संस्कृति र स्थानीय उद्यमलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए।

स्थानीय स्रोत साधन र मौलिक पहिचानको उपयोग गरी गाउँको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्य रहेको उनको भनाइ छ।

उनले बेनीकोटको मौलिक पहिचान, संस्कृति र स्थानीय सम्भावनालाई संरक्षण गर्दै आर्थिक गतिविधिसँग जोड्न परियोजनाले सहयोग पुर्‍याउने बताए। स्थानीय समुदायको परम्परागत सीप, कृषि र पर्यटनलाई एकैसाथ प्रवर्द्धन गर्न सके गाउँको विकाससँगै स्थानीयको आयआर्जनमा पनि सुधार आउने उनको अपेक्षा छ।

प्रकाशित: ३ मंसिर २०८३ ०६:३२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामा नौ लाख ४० हजार आम्दानी

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामा नौ लाख ४० हजार आम्दानी

२ मंसिर, तनहुँ । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर …

#व्यास #नगरपालिका
Compare →
Hamro Patro News
1d ago
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली– तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ ग...

#व्यास #नगरपालिका
Compare →
Ekantipur
2d ago
पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

पढाइ सकेर गाउँकै कृषिमा भविष्य खोज्दै अर्घाखाँचीका युवा

तरकारीदेखि सुन्तला, किवी, पशुपालन र होमस्टेसम्मका उद्यमले अर्घाखाँचीका गाउँमा रोजगारी र आम्दानीका नयाँ अवसर सिर्जना गरेका छन्।

#गाउँ
Compare →
Bizshala
5d ago
बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

बसाइँसराइले रित्तिएको गाउँमा पर्यटनको बहार: पुराना घर बने आकर्षक रिसोर्ट, स्थानीयलाई रोजगारी र आम्दानी

काठमाण्डौ । बढ्दो बसाइँसराइका कारण सुनसान बन्दै गएको मकवानपुरको एउटा गाउँमा पर्यटन व्यवसायले नयाँ जीवन भरेको छ।...

#गाउँ
Compare →

Related Stories

Technology
Build #2612