Trending
Prev Story
Next Story

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामा नौ लाख ४० हजार आम्दानी

Onlinekhabar •
November 18, 2026 • 01:01 AM
2
2 reads 0 reactions

२ मंसिर, तनहुँ । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर …

फोहर बिक्रीबाट व्यास नगरपालिकालाई चार महिनामा नौ लाख ४० हजार आम्दानी

२ मंसिर, तनहुँ । व्यास नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १९ गतेसम्म फोहर बिक्री गरेर नौ लाख ४० हजार ४९४ रुपैयाँ आम्दानी गरेको छ ।

नगरपालिकाले कागज, कार्टुन, फलाम, प्लास्टिक तथा सिसाजन्य सामग्री बिक्री गरेर उक्त आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । नगरपालिकाले गत आर्थिक वर्ष २०८२/८३ मा फोहर बिक्रीबाट २७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बिक्रीयोग्य फोहर व्यवस्थापन तथा बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । त्यसअनुसार गत आर्थिक वर्षको मूल्यमा १० प्रतिशत थप गरी तनहुँ स्क्रेप सेन्टर, व्यास–१ लाई फोहर बिक्रीको जिम्मा दिइएको थियो ।

घरबाटै कुहिने र नकुहिने फोहर छुट्याएर संकलन गर्न थालेपछि व्यवस्थापनमा सहज भएको लम्सालले बताए ।

नगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा संकलन गर्दै आएको छ । बिक्रीयोग्य सामग्री बिक्रीबाट प्राप्त रकमले नगरपालिकाको आन्तरिक आम्दानी बढाउन सहयोग पुगेको छ ।

नगरप्रमुख वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका–१३ मा सरसफाइ व्यवस्थापनका लागि जग्गा खरिद गर्न आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित मन्त्रालयमा सिफारिस गरिएको भए पनि निर्णय हुन नसक्दा दीर्घकालीन फोहरमैला व्यवस्थापनमा समस्या भइरहेको छ ।

नगरपालिकाले नगरका टोल, वडा र विद्यालयमा पुगेर फोहर वर्गीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कार्यालय परिसरमा संकलित नकुहिने फोहरबाट कागज, सिसा र प्लास्टिकजन्य सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।

कुहिने फोहर भने दुम्सीस्थित गौसंरक्षण केन्द्रमा व्यवस्थापन गरी बायोग्यास उत्पादनमा प्रयोग हुँदै आएको छ ।

नगरपालिकाले बजार क्षेत्रका वडा नं २, ३ र ४ बाट दैनिक फोहर संकलन गर्दै आएको छ । ती क्षेत्रबाट दैनिक करिब ११ टन फोहर संकलन हुने गरेको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा

दमौली– तनहुँको व्यास नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पताल पोखरा र व्यास नगरपालिकाको सहकार्यमा स्थापना गरिएको आँखा उपचार केन्द्रको शुभारम्भ ग...

#नगरपालिका #व्यास
Compare →
Arthasansar
2d ago
अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार...

#आम्दानी #बिक्री
Compare →
Bizshala
2d ago
अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

अप्पर तामाकोशीको नाफा १.१२ प्रतिशत घट्यो, विद्युत बिक्री आम्दानी बढ्यो

काठमाडौं । अप्पर तामाकोशी जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ...

#आम्दानी #बिक्री
Compare →
Nagarik News
1d ago
कृषक र उपभोक्ता जोड्दै हाटबजार

कृषक र उपभोक्ता जोड्दै हाटबजार

गुर्भाकोट नगरपालिकाले सातामा चार पटक हाटबजार लगाउने गरेको छ।

#बिक्री #नगरपालिका
Compare →
Ekantipur
17h ago
५० लाख डुबे पनि प्रेमनाथले हरेस खाएनन्, कुखुरापालनबाट वार्षिक ३५ लाख आम्दानी

५० लाख डुबे पनि प्रेमनाथले हरेस खाएनन्, कुखुरापालनबाट वार्षिक ३५ लाख आम्दानी

विदेशमा कमाएको सीप स्वदेशमा लगाएका प्रेमनाथको फार्ममा दैनिक चार हजार अण्डा उत्पादन हुन्छ ।

#आम्दानी
Compare →

Related Stories

Property & Real Estate
Build #2612