Trending
Prev Story
Next Story

दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

Arthasansar •
November 18, 2026 • 05:35 AM
10
10 reads 0 reactions

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको...

दयनीय बन्दै पाल्पा सिमेन्टको अवस्था : १३ करोड ७६ लाख रुपैयाँ घाटामा,  सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको अवस्था दयनीय बन्दै गएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनी १३ करोड ७६ लाख रुपैयाँभन्दा बढीले घाटामा रहेको । वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले सञ्चालन आम्दानीबाट ६१ करोड ९ लाख ७६ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ४ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल नाफा १ करोड ६३ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको बिक्री लागत ५९ करोड ४६ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, कम्पनीको प्रशासनिक खर्च २ करोड २२ लाख ८५ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च ३ करोड ५३ लाख ६२ हजार रुपैयाँ रहेको छ। जसका कारण कम्पनीको सञ्चालन नोक्सानी ३ करोड ७१ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय लागत ६ करोड ९१ लाख ९० हजार रुपैयाँ रहेको छ। वित्तीय लागतको उच्च भारका कारण कम्पनीको करअघिको नोक्सानी १० करोड ६३ लाख १९ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने कुल इक्विटी ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको दीर्घकालीन कर्जा ४ अर्ब ८० करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जा ३३ करोड १७ लाख रुपैयाँ रहेको छ । यसले कम्पनीमा वित्तीय लागतको दबाब कायम रहेको देखाउँछ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशत सेयर नेटवर्ट १२५ रुपैयाँ ४८ पैसा र तरलता अनुपात ३.५७ गुणा रहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
22h ago
पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

पाल्पा सिमेन्टको नाफामा भारी गिरावट, तीन महिनामै १३ करोड ७१ लाख घाटा

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटामा गएको छ। कम्पनीले...

#पाल्पा #सिमेन्ट #घाटा
Compare →
Onlinekhabar
18h ago
खस्कियो सूचीकृत सिमेन्ट कम्पनीहरूको नाफा

खस्कियो सूचीकृत सिमेन्ट कम्पनीहरूको नाफा

२ मंसिर, काठमाडौं । सेयर बजारमा ५ सिमेन्ट उत्पादक कम्पनी सूचीकृत छन् । सूचीकृत यी सबै कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार ३ कम्पनी सर्वोत्तमको ६७, शिवमको …

#सिमेन्ट
Compare →
Nagarik News
19h ago
मध्यपूर्व तनावको असर जापानको व्यापारमा, अक्टोबरमा अर्बौँको घाटा

मध्यपूर्व तनावको असर जापानको व्यापारमा, अक्टोबरमा अर्बौँको घाटा

जापानले सन् २०२६ को अक्टोबर महिनामा ४७६.५ अर्ब येन (करिब ३ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ।

#घाटा
Compare →
Ekantipur
2d ago
पाल्पाका ओझेल परेका गन्तव्य चिनाउन १८ जिल्लाका साइकलयात्री जुट्दै

पाल्पाका ओझेल परेका गन्तव्य चिनाउन १८ जिल्लाका साइकलयात्री जुट्दै

१८ जिल्लाबाट आएका ११ महिलासहितका साइकलयात्रीले विश्व साइकलयात्री पुष्कर शाहसँगै ग्रामीण गन्तव्य, सम्पदा र स्थानीय जीवनशैलीको प्रचार गर्नेछन्।

#पाल्पा
Compare →
Hamro Patro News
2d ago
पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

पाल्पा । पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा)’ आयोजना हुने भएक...

#पाल्पा
Compare →

Related Stories

Business & Economy
Build #2612