Trending
Prev Story
Next Story

पाल्पाका ओझेल परेका गन्तव्य चिनाउन १८ जिल्लाका साइकलयात्री जुट्दै

Ekantipur •
November 17, 2026 • 07:02 AM
3
3 reads 0 reactions

१८ जिल्लाबाट आएका ११ महिलासहितका साइकलयात्रीले विश्व साइकलयात्री पुष्कर शाहसँगै ग्रामीण गन्तव्य, सम्पदा र स्थानीय जीवनशैलीको प्रचार गर्नेछन्।

पाल्पाका ओझेल परेका गन्तव्य चिनाउन १८ जिल्लाका साइकलयात्री जुट्दै

१८ जिल्लाबाट आएका ११ महिलासहितका साइकलयात्रीले विश्व साइकलयात्री पुष्कर शाहसँगै ग्रामीण गन्तव्य, सम्पदा र स्थानीय जीवनशैलीको प्रचार गर्नेछन्।

पाल्पा — पाल्पालगायत मुलुकभरका १८ जिल्लाका १ सय ७६ भन्दा बढी साइकलयात्रीले जिल्लाको पूर्वी भेगका पर्यटकीय गन्तव्यको भ्रमण गर्ने भएका छन् ।

जिल्लाका ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदालाई साइकल यात्रामार्फत देशविदेशमा चिनाउन तेस्रो संस्करणको ‘हेरिटेज राइड–२०८३’ आयोजना हुन लागेको हो ।

यही मंसिर ५ र ६ गते हुने दुईदिने यात्रामा नेपालका विभिन्न जिल्लाका साइकलयात्री सहभागी हुने आयोजक पाल्पा जिल्ला साइक्लिङ संघका अध्यक्ष रुपेशमान महर्जनले बताए । उनका अनुसार यसपटकको यात्राले पूर्वी पाल्पाका पर्यटकीय गन्तव्यलाई प्राथमिकता दिएको छ । यात्रामा ११ महिलासहित १ सय ७६ साइकलयात्री सहभागी हुनेछन् । १६ देखि ६३ वर्ष उमेर समूहका साइकलयात्री यात्रामा सहभागी हुने आयोजकले जनाएको छ ।

काठमाडौं, रूपन्देही, झापा, नवलपरासी, लमजुङ, कञ्चनपुर, बाँके, नवलपुर, स्याङ्जा र कास्कीलगायत १८ जिल्लाबाट साइकलयात्री आउनेछन् । विश्व साइकलयात्री तथा सगरमाथा आरोही पुष्कर शाहसमेत यात्रामा सहभागी हुने संघका सचिव विज्ञान बज्राचार्यले जानकारी दिए ।

मंसिर ५ गते बिहान साढे ६ बजे तानसेनको टुँडिखेलबाट यात्रा सुरु हुनेछ । तानसेनका नारायणटोल, असनटोल, तानसेन दरबार र भगवती मन्दिरमा टीका लगाएर साइकलयात्रीलाई बिदाइ गरिनेछ । सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभञ्ज्याङ हुँदै चिदीपानी, हुमिन र पूर्वखोला पुग्नेछन् ।

त्यसपछि ज्यामिरे र मित्याल हुँदै निस्दी गाउँपालिकाको काउलेडाँडा, झिरुवास पुग्ने कार्यक्रम छ । काउलेडाँडामा स्थानीयले आफैं अम्रिसोका बिरुवा रोपेर बगान बनाएका छन् । यस क्षेत्रबाट हिमाल, पहाड र तराईको अवलोकन गर्न सकिन्छ । दोस्रो दिन काउलेडाँडाबाट सहलकोट हुँदै कीर्तिपुर पुगेर रामपुर नगरपालिकाका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमणपछि साइकल यात्रा सम्पन्न हुने सचिव बज्राचार्यले बताए ।

जिल्लामा धेरै ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदा भए पनि पर्याप्त प्रचारप्रसार हुन नसक्दा कतिपय गन्तव्य पर्यटकको पहुँचमा पुग्न सकेका छैनन् । यही अवस्थालाई ध्यानमा राखेर बगनासकाली, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका पर्यटकीय स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरिएको संघका अध्यक्ष महर्जनले बताए ।

उनका अनुसार साइकल यात्राले पर्यटकीय स्थलको प्रचारसँगै स्थानीय संस्कृति, कला र उत्पादनको पहिचान बढाउन सहयोग पुग्नेछ । यसले स्थानीय बासिन्दाको आर्थिक गतिविधि बढाउनुका साथै पर्यटन व्यवसायलाई समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सन्दीप रानाले बताए । यात्राका क्रममा बाटोमा पर्ने धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाको अवलोकन गरिने भएकाले मुलुकभर यस क्षेत्रको प्रचार हुने उनले बताए ।

‘मेरो सांसद, मेरो अधिकार’ कार्यक्रमअन्तर्गतसमेत यस कार्यक्रमका लागि सहयोग गरेको उनले बताए । ‘सदरमुकाम क्षेत्रमा रहेका पर्यटकीय गन्तव्य मात्र होइन, ग्रामीण भेगमा पनि रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र छन् भनेर चिनाउने प्रयाससमेत हो,’ उनले भने ।

साइक्लिङ संघले यसअघि पहिलो संस्करणमा तानसेन र पश्चिम पाल्पाका विभिन्न सम्पदाको साइकल यात्रामार्फत भ्रमण गराएको थियो । दोस्रो संस्करणमा ‘सम्पदादेखि सम्पदासम्म’ भन्ने नारासहित रानीमहलदेखि तानसेन दरबारसम्म साइकल यात्रा गरिएको थियो ।

तानसेन नगरपालिका, पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिकाका साथै नेपाल दर्शनलगायत संस्थाले पनि साइकल यात्राका लागि सहयोग गरेको अध्यक्ष महर्जनले बताए । स्थानीय सम्पदा, संस्कृति र इतिहासलाई पर्यटकसँग जोड्न यस्ता अभियान प्रभावकारी हुने नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाले बताए । उनले साइकल यात्राले ओझेलमा परेका गाउँबस्ती र पर्यटकीय स्थलको पहिचान बढाउनुका साथै स्थानीय रोजगारी र आर्थिक गतिविधिमा समेत सहयोग पुर्‍याउने बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बन्दै उत्तरवाहिनी कालीगण्डकी क्षेत्र

२९ कात्तिक, बुटवल ।  पाल्पा र स्याङजा संगमस्थल नजिकै उत्तरवाहिनी कालिगण्डकी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्य बनाउने अभियानमा कालीगण्डकी ज्ञान–विज्ञान प्रतिष्ठान लागेको छ । पाल्पा रम्भा गाउँपालिका–१ असेर्दी र स्याङ्जा गल्याङ नगरपालिका–१ मालुंगा क्षेत्रलाई …

#गन्तव्य #पाल्पा
Compare →
Hamro Patro News
15h ago
पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

पाल्पामा तेस्रो ‘हेरिटेज राइड’ हुँदै, दुई सय साइकल यात्री सहभागी हुने

पाल्पा । पाल्पाका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने ‘हेरिटेज राइड (सम्पदा यात्रा)’ आयोजना हुने भएक...

#पाल्पा
Compare →
Nagarik News
1w ago
बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिका करणी अभियोगमा पाल्पा र कञ्चनपुरबाट चार जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ। पीडित पक्षको उजुरीका आधारमा उनीहरूलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

#पाल्पा
Compare →

Related Stories

National (Nepal)
Build #2612