Trending
Prev Story
Next Story

सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

Ekantipur •
November 17, 2026 • 01:32 PM
5
5 reads 0 reactions

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

सहकारी ठगी मुद्दामा नेपालीसहित सात जनालाई कैद र जरिवाना

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

काठमाडौँ — कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।

अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजया र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार रुपैयाँ जरिवानाको फैसला भएको उनले जानकारी दिए ।

अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार रुपैयाँ जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए । जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार रुपैयाँ बिगो माग भएको उनको भनाइ छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए ।

बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाइ गर्दै अदालतले उक्त फैसला गरेको हो ।

२०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । उनमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
इमेज सहकारी ठगी: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद, अरुलाई कति ?

इमेज सहकारी ठगी: ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद, अरुलाई कति ?

पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा कास्की जिल्ला अदालतले तत्कालीन संस्थापक अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

#सहकारी-प्रकरण #सहकारी #ठगी
Compare →
Onlinekhabar
7h ago
देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड

देवकुमारलाई ८ वर्ष कैद र सवा करोड जरिबाना, बिगो १९ करोड

१ मंसिर, पोखरा । कास्कीको इमेज बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत कास्कीले संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय र सवा करोड रुपैयाँ जरिबानाको फैसला गरेको छ । पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीको …

#कैद
Compare →
Hamro Patro News
1d ago
सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ?

सात वर्षमा पनि बनेन संसद् भवन, नयाँ सभाकक्षमा बस्ला हिउँदे अधिवेशन ? समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको र इन्टेरियरको काम बाँकी रहेकाले पुससम्म सबै निर्माण कार्य सकिने सहरी विकास तथा भवन निर्म...

#सात
Compare →
Bizshala
2d ago
फेसबुकको मातृ कम्पनी मेटालाई इटालीमा ८ हजार ४०० करोड रुपैयाँ जरिवाना

फेसबुकको मातृ कम्पनी मेटालाई इटालीमा ८ हजार ४०० करोड रुपैयाँ जरिवाना

काठमाडौं । इटालीले सामाजिक सञ्जाल फेसबुकको मातृ कम्पनी मेटालाई करिब ८ हजार ४०० करोड रुपैयाँ जरिवाना गरेको छ । एन्ड्रोइड...

#जरिवाना
Compare →

Related Stories

National (Nepal)
Build #2612