जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार कैदी पक्राउ परेका छन्।
भदौ २४ गते जेनजी आन्दोलनमा भएको घटनाका क्रममा केन्द्रीय कारागार सुनधाराबाट फरार भएका ३४ वर्षीय भीमबहादुर वाइवा पक्राउ परेका हुन्।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले उनलाई काठमाडौं महानगरपालिका–३२ जडीबुटीबाट पक्राउ गरेको हो।
पक्राउ परेका वाइवलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रकाशित: ३० कार्तिक २०८३ १३:४७ सोमबार