Trending
Prev Story
Next Story

छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

Nagarik News •
November 16, 2026 • 02:59 AM
3
3 reads 0 reactions

सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

छठ पूजास्थल तोडफोड गरेको आरोपमा दुई जना पक्राउ

सुनसरीमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नमा घाटमा छठ पूजास्थल तोडफोड गरेको आरोपमा स्थानीय १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार हिजो (आइतबार) साँझ ७:३० बजे भक्तजनहरू साँझको छठ पूजा सकेर घर फर्किसकेपछि अपरिचित व्यक्तिहरूले पूजास्थलमा तोडफोड गरेका थिए।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

तोडफोडबाट क्षति पुगेको पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ। साथै प्रहरीले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजामा सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित: ३० कार्तिक २०८३ ०८:४४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

सुनसरीको हरिनगरमा छठ पूजास्थल तोडफोड गर्ने दुई युवक पक्राउ

सुनसरी। सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। हरिनगर गाउँपालिका वडा नम्बर ६ स्थित टपरा अर्नमा घाटमा रहेको पूजास्थल तोडफोडमा संलग्न सोही ठ...

#पूजास्थल #तोडफोड #सुनसरी
Compare →
Onlinekhabar
2d ago
छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

छुट्टाछुट्टै स्थानमा ४ जना मृत फेला

२७ कात्तिक, काठमाडौं । सुनसरी, मोरङ, सिन्धुली र तनहुँका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरूवा नगरपालिका-८ खोरिया टोलस्थित बाटोको नालामा पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत …

#सुनसरी #परे
Compare →

Related Stories

Technology
Build #2612