Trending
Prev Story
Next Story

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

Nagarik News •
November 15, 2026 • 03:32 PM
3
3 reads 0 reactions

कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै-झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका-५ का ५ जना र भीमदत्त नगरपालिका-१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २२ वर्षीय रोशन लुहार, २७ वर्षीया निशा लुहार, २६ वर्षीय रोहित लुहार र भीमदत्त नगरपालिका-१७ का २५ वर्षीय विशाल कोली रहेका छन्।

वडा प्रहरी परिसरमै कुटाकुट भइरहेको भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रेस विज्ञप्ती जारी गरी उक्त विवादमा संलग्न ६ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएको छ।

प्रकाशित: २९ कार्तिक २०८३ २१:१७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
48m ago
प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ

प्रहरी कार्यालय परिसरमै झै-झगडा गर्ने ६ जना पक्राउ

२९ कात्तिक, महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी …

#वडा #वर्षीय #लुहार
Compare →
Hamro Patro News
1h ago
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–...

#वडा #परिसर #कुटाकुट
Compare →

Related Stories

National (Nepal)
Build #2612