Trending
Prev Story
Next Story

भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

Nagarik News •
November 16, 2026 • 08:24 AM
4
4 reads 0 reactions

विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्।

भ्रष्टाचार हटाउन १८ वर्षदेखि उल्लुको पूजा !

भारतको उत्तर प्रदेशस्थित शाहजहाँपुरमा सामाजिक कुरीति, भ्रष्टाचार र गम्भीर समस्याबाट छुटकारा पाउन मानिसहरूले झन्डै दुई दशकदेखि उल्लुको पूजा गर्दै आएका छन्।

विगत १८ वर्षदेखि चल्दै आएको यो परम्परामा सहरका प्राध्यापक, डाक्टर, इन्जिनियर र बुद्धिजीवीसमेत सहभागी हुने गरेका छन्।

दैनिक भास्कर का अनुसार यो पूजामार्फत उठाइएका समस्याहरू एक वर्षभित्र कमजोर हुने वा समाप्त हुने विश्वास गरिन्छ।

गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कसम्बन्धी नीतिको विरोधमा उल्लुको पूजा गरिएको थियो। यसपटक भने स्थानीय भ्रष्टाचार, भत्किएका सडक, अन्तर्राष्ट्रिय शान्ति र निर्वाचन आयोगसँग सम्बन्धित विषयलाई पूजामा समावेश गरिएको छ।

आयोजकहरूका अनुसार समाजमा फैलिएका गलत गतिविधिविरुद्ध आवाज उठाउनु यो कार्यक्रमको मुख्य उद्देश्य हो। यसका साथै मानिसहरूलाई उनीहरूको कर्तव्यबारे सम्झाउनु पनि कार्यक्रमको अर्को उद्देश्य रहेको उनीहरूले बताए।

स्थानीयले विगत पाँच वर्षदेखि भ्रष्टाचारको समस्या भोगिरहेको बताएका छन्। उनीहरूका अनुसार सामान्य काममा समेत बढी खर्च देखाउने गरिएको छ। आफ्ना गुनासो र उजुरीबारे सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ।

प्रकाशित: ३० कार्तिक २०८३ १४:०९ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
17h ago
झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

झापामा उल्लासमय बन्यो सामूहिक छठ पूजा

झापा । परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामनासहित अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर झापामा आइतबार सामूहिक छठ पर्व श्रद्धा र उल्लासका साथ मनाइएको छ। जिल्लाका मुख्य तथा सहायक नदी र पोखरीहरू...

#पूजा
Compare →
Ekantipur
3d ago
बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

बागमती नदी किनारमा छठ पूजाको तयारी [तस्बिरहरू]

छठ पूजा समिति गुह्येश्वरी गौरीघाटले यस वर्ष करिब ५५० देखि ६०० जना व्रतालुका लागि आवश्यक व्यवस्थापन गरिरहेको छ ।

#पूजा
Compare →

Related Stories

World News
Build #2612